शनिबार, बैशाख ८, २०८१

भाइरल फ्लुको संक्रमणबाट बच्न निम्नानुसारको विधी प्रयोग गरौ

काठमाडौं  आश्विन ७, अहिले मौसमी भाइरल फ्लुको संक्रमण निकै बढेको छ। रुघा, खोकी, टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, सिंगान आइरहने, घांटी दुख्ने, जाडो हुने, थकान महशुष हुने लगायतका लक्षणहरु अधिकांश व्यक्तिमा देखिएको छ ।

11261683_844509625647858_5753289669055612093_nबालबालिकाको रोग प्रतिरोध क्षमता कम हुने तथा स्कुलबाट धेरैमा फैलिने भएकोले बालबालिकाहरु धेरैमा यो समस्या देखिएको छ । उपचार तथा रोकथाम
– सकभर भिडभाड, धुलो, धुँवा लगायत प्रदुषण भएको ठाउँमा नजाने ।
– हुरी तथा बर्षा भएको बेला घरभित्र नै बस्ने ।

– मास्कको प्रयोग गर्ने ।
– उमालेको तथा मनतातो पानी खाने।

– खाना र आँखा र मुख छुनु अघिं साबुनपानीले हात धुने । उपरोक्त लक्षण देखिएमा प्रशस्त मनतातो पानी खाने, घरेलु उपचार जस्तै अदुवा, मह, तुलसी, ज्वानो, बेसार, कागती आदि मिलाएर पकाएर बारम्बार पिउने, नुन पानीले कुल्ला गरिरहने, पोषिलो तथा मनतातो खाना खाने, आराम तथा सुत्ने समय बढाउने, धेरै गाह्रो भएमा लाक्षणिक उपचार जस्तै सिटामोल, एलर्जी तथा खोकीको औषधि खाने ।
– यदि ३ दिनसम्म ज्वरो आइरहेमा, सास फेर्न गाह्रो भएमा, टन्सिल धेरै बढेमा आफ्नो चिकित्सकसंग जांच गराएर मात्र एन्टिबायोटिक लगायत उपचार गर्ने ।

-रवीन्द्र पाण्डे(जनस्वास्थ्य बिशेषज्ञ)