काठमाडौ आश्विन ९, एमाओवादीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पत्रकार सम्मेलनको आयोजना गर्दै आज देखि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । त्यस्तै पत्रकार सम्मेलमा वरिष्ठ नेता डा भट्टराईले नेपालको राजनीतिमा ४० वर्षसम्म सक्रियतापूर्वक काम गरेको जनाउँदै अब स्वतन्त्र नागरिक भएर बस्ने इच्छा समेत व्यक्त गर्नुभएको छ ।
साथै उहाँले त्यस क्रममा गोरखा क्षेत्र–१ बाट संविधानसभा सदस्यमा निर्वाचित डा भट्टराईले अब संसद्को सदस्यसमेत नरहने स्पष्ट पार्दै सभामुखसमक्ष राजीनामा पेस गरेको बताउँनु भएको छ ।