शुक्रबार, बैशाख १४, २०८१

सूर्योदयले गर्यो प्रतिभाको खोजी

कठमाडौं आश्विन ५ , किताबका पानाभित्र विद्यालय सिमीत हुदैन । हजार मस्तिष्कभित्र हजार प्रतिभा हुन्छन् जसलाई निखार्ने उद्देश्यले २६सौँ राष्ट्रिय बालदिवसका अवसरमा राजधानीको घट्ट्कुलोस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयले एककार्यक्रमकावीच सूर्योदय आइकन-२०७२ को खोजी ग-यो । IMG_1143 IMG_1266 IMG_1339 IMG_1373 IMG_1655 IMG_1686 IMG_1702साना बालबालिका सिर्जनाका खानी हुन् कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रस्तुत गरेका हरेक आकर्षक प्रस्तुतिले उपस्थित अभिभावक तथा अतिथिको मन तानेको थियो ।
प्रस्तुत कार्यक्रममा नेपालकी चर्चित नायिका ऋचा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा गायिका रजिना रिमाल, चर्चित फोटोग्राफर राजभाइ सुवाल, नायक गजित विष्ट लगायत अन्य सङ्गीत र कला क्षेत्रका विशिष्ट व्यक्तित्व साथै अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालयले आफ्नो आँगनीमा गरेको यो प्रतिभाको खोजीमा गीत, सङ्गीत, नृत्य, व्यङ्यात्मक प्रहसन विविध सन्देशमूलक नाटकहरूको समेत प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । हरेक प्रस्तुति आफैँमा उत्कृष्ट थिए तर उत्कृष्टभित्रको उत्कृष्टमा पर्न सफल हुनेमा समूह ‘क’ बाट प्रथम द्धितिय र तृतीय क्रमश ममिना राई, एलिस कटुवाल र ओम बिक्रम थापा त्यस्तै समूह ‘ख’ बाट प्रथम, द्धितिय र तृतीय क्रमश, आयोनेश र विश्वास, गृष्मा हुमागाईं र प्रसिद्धि पराजुली साथै समुह ‘ग’ बाट प्रथम, द्धितिय र तृतीय क्रमश अनिकेत अधिकारी र विशाल शाही, शृङ्खला र समूह र राजकुमार राई घोषणा भए । सबै विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडलबाट सम्मान गरियो । त्यस्तै सूर्योदय आइकन–२०७२ को उपाधी अनिकेत अधिकारी र विशाल शाहीले संयुक्त रुपमा हात पारे ।
बालदिवसका अवसरमा विद्यालय तथा शिक्षक शिक्षिकाका तर्फबाट सम्पूर्ण विद्यार्थीाई उपहार समेत प्रदान गरिएको थियो । कक्षा नर्सरीदेखि तिनसम्म प्रथम समूह कक्षा ४ देखि ६ सम्म दोस्रो समूह र ७ देखि १० सम्म तेस्रो समूह बनाइएको थियो । तिनै समूहबाट एकल तथा समूहगत गरी जम्मा ५८ समूहमा प्रतिस्पपर्धा गराइएको थियो । तिनै समूहबाट सहभागी प्रथम, द्घितिय र तृतयि हुने विद्यार्थीलाई सम्मान प्रदान गरिएको थियो ।
प्रमुख अतिथिका तर्फबाट बोल्नुहुँदै नायिका ऋचा शर्माले सूर्योदय त साँच्चिकै प्रतिभा उमार्ने फूलबारी नै रहेछ, बालदिवसमा गरिएको यस्तो कार्यक्रम निकै सान्दर्भिक छ भन्नुभयो । यसैगरी विद्यालयका प्रिन्सिपल एवम् व्याब्सनका अध्यक्ष श्री लक्ष्यबहादुर के.सी. ले विद्यार्थीको चौतर्फी विकासका साथै प्रतिभा प्रस्फुटनका लागि हामीले यस्ता कार्यक्रमको आयोजना गरेका हौँ भन्नुभयो । साथै कार्यक्रम संयोजक सुनिल शर्माले हामी वर्तमानभित्र भविष्य खोजिरहेछौँ, सुषुप्त प्रतिभा ब्युँझाउने अभियान यस कार्यक्रमको मुख्य अभिष्ट हो भन्नुभयो ।
यसै गरी निर्णायकका तर्फबाट बोल्नुहुदै सुरसंगीत विद्यालय पुतलीसडकका अध्यक्ष नरहरी प्रेमीले उत्कृष्ट तीन विद्यार्थी क्रमश राजकुमार चेपाङ्, डेभिड तामाङ् र सुमिर गिरी लाई रु ३०००।– (तिनहजार) बराबरको गिफ्ट ह्याम्पर र अन्य सातजना क्रमश संगम विष्ट, साकार दाहाल, आयोनेश भट्टराई, मामिना राई, एलिस कटुवाल, अनिकेत अधिकारी र विशाल शाहीलाई विशेष उपहार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।