मङ्लबार, बैशाख ११, २०८१

सिरहाबाट सरकारमा प्रतिनिधीत्व गर्ने मन्त्रीयादव सहितका सभासद्लाई मोर्चाको दबाब

 काठमाडौं भाद्र २८,  सविधानलृखन प्रक्रिया र प्रस्तावित सिमाङकनविरुद्ध विमति प्रकट गर्दै तराइ क्षेत्रमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले संविधानसभामा सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका मन्त्री तथा सभासद्लाई दबाबपत्र पठाएका छन् । मोर्चाले मधेसी, थारु, 2दलितलगायतको पक्षमा भूमिका नखेलेको र आन्दोलनलाई उचाइमा पु(याउँन सहयमेग नगरेको आपत्ती प्रकट गर्दै सभासद्लाई मोर्चाले दबाबपत्र पठाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
यसरी मोर्चाले दवाव पत्र पठाएका मन्त्री तथा सभासदहरुमा सिरहा क्षेत्र नं १ का नेपाली काँग्रेसका सभासद् पदमनारायण चौधरी, सिरहा क्षेत्र नं २ का नेकपा (एमाले)का सभासद् रामचन्द्र यादव, समानुपातिकतर्फका नेपाली काँग्रेसका सभासद् प्रदीप गिरी, अमियकुमार यादव, नेकपा (एमाले)का समानुपातिक सभासद् ममता गिरी र सभासद् तथा शिक्षा मन्त्री चित्रलेखा यादव रहेको बुझिएको छ ।