शुक्रबार, चैत्र १६, २०८०

सामाजिक सद्भाव खल्बलिने सामग्री सामाजिक सञ्जालमा अपलोड नगरौ : प्रम तथा मप कार्यालय

काठमाडौं भाद्र २१,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज प्रेस विज्ञप्ति प्रकाशन गरी सामाजिक सद्भाव खल्बल्याउने सामग्री सामाजिक सञ्जालमा PressRelease_5_21_20150907020209अपलोड अनुरोध गरेको छ ।

सो कार्यायलका प्रवक्ता उत्तरकुमार खत्रीले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव खल्बलिने तथा विभिन्न जातजाति, धर्म, संस्कृति, भाषा, सम्प्रदायको भावनामा आँच आउने किसिमका अभिव्यक्ति, तस्बिर, व्यङ्ग्यचित्रलगायत सामग्री सामाजिक सञ्जालमा नराख्न र त्यस्ता सामग्रीको लाइक, सेयर, ट्वीट वा रिट्वीट नगर्नसमेत सचेत गराउनुभएको छ ।