बिहिबार, बैशाख १३, २०८१

’सरकारी निरिक्षक’ मञ्चन हुँदै

काठमाडौ भाद्र २६, शैलि थिएटरले रुसी साहित्यकार निकोलाई गोगललको प्रशिद्ध नाटक ‘सरकारी निरिक्षक’ मञ्चन गर्ने भएको छ । रिहर्सलको अन्तिम चरणमा रहेको यो नाटक यहि भदौ २८ देखि असोज १ गते सम्म काठमाडौको कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रको भवनमा प्रदर्शन गरिने शैलि थिएटरका photo...संयोजक आर्यन न्यौपानेले जानकारी दिए ।
यो जार शासकहरुको पालाको कथा हो । त्यो बेलाको भ्रष्टचार बेथितीलाई नाटकमा कलाकारहरुले जिवन्त पाराले प्रस्तुत गर्ने छन् । एक प्रान्तमा त्यहाँका नगराध्यक्षदेखि बिभिन्न क्षेत्रका निरिक्षकहरु कसरी भ्रष्टचारमा लिप्त भएका थिए र केन्द्रबाट आउने सरकारी निरिक्षकलाई आफ्नो प्रभावमा पार्न उनीहरुले के कस्ता हर्कतहरु गर्छन् भन्ने बिषय नैं नाटकले प्रस्ट्याउ खाजेको कलाकार रमेश बुढाथोकिले बताए ।
यस नाटकको मूल विषय हाल नेपालमा समेत बेला बखत हुने गरेको सरकारी क्षेत्रको भ्रष्टाचार संग मिल्दो जुल्दो भएकाले नाटक मञ्चन तथा प्रदर्शन गर्न लागिएको अर्का कलाकार रोहिणी भट्टराईको भनाई छ ।
राजनीतिक बिश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले नेपाली रुपान्तरण गरेको यो नाटक डार्क कमेडी नाटक भएको कलाकारहरुले बताएका छन् । नवराज बुढाथोकीद्धारा निर्देशित यस नाटकका कलाकारहरुमा रमेश बुढाथोकी, सानु ताम्राकार, सुरवीर पण्डित, तारा केसी, कमल बोहोरा, रोहिणी भट्टराई, सन्तोष आचार्य लगायतका कलाकारहरु रहेका छन् ।  साँझ ५ देखि ७ बजे सम्म रुसी साँस्कृतीक केन्द्रको हलमा प्रदर्शन हुने यस नाटकको टिकट दर विद्यार्थीहरुका लागि रु १०० र अन्य सर्वसाधारणका लागि रु २०० तोकिएको छ । – फणीन्द्र  ज्वाला