शुक्रबार, बैशाख १४, २०८१

संविधान प्राप्तिको खुशी संगसंगै थपिएका चुनौती

बल्न सुरु गरेको आगोको झिल्कालाई समयमानै निभाउँ

लोकतन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा होस वा गणतान्त्रिक नेपालको कामना गर्दै ०६२ /०६३ मा भएको आन्दोलननै कि नहोस जहिले पनि जहाँ पनि नागरिले आफ्नो जीनव उत्सर्ग गदै आएका छन

IMG_20150414_132016-1-150x150-रविना महर्जन

 २०६२/६३ को जनआन्दोलन पश्चात् देशमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र अनि क्रमश गणतन्त्रको उदय भयो। नेपालको पहिलो पटक गठन भएको संविधानसभाको  बैठकले राष्ट्रलाई राजतन्त्रबाट गणतन्त्र राष्ट्रको रुपमा परिभाषित त गर्यो तर तोकिएको समयमा संविधान दिन सकेन। पुन : चार वर्ष म्याद थप्दा पनि अर्थात् विसं २०६९ जेठ १५ गते सम्म पनि संविधानको मस्यौदा तयार पार्न नसक्नु संविधान सभा भंग हुने प्रमुख कारण बन्यो।

फलस्वरुप दोस्रो संविधान सभाको निर्वाचन वि.सं २०७० मंसिर ४ गते सप्पन्न भयो । विगत लामो समय देखि नेपाली जनता देशको नयाँ संविधान कुरिरहेका थिए।प्रमुख तीन दलकावीचमा वार्ता चलिरह्यो।सहमतिमा आउन तीन दल लगायत अन्य साना दलहरुलाई पनि निकै नै समय लाग्यो। अन्ततः नयाँ संविधानको मस्यौदा पारित भयो। जनताहरुसंग राय सल्लाह पनि लिइयो। तीन दलको सहमति भएपनि मधेसी दलहरुका असहमतिले समस्या खडा गरिरहेकै समयमा राष्ट्रपति डा.रामवरण यादवले लगभग ९०% सभासदहरुले हस्ताक्षर गरि समर्थन जनाएको देशको नयाँ संविधान २०७२ घोषणा गरेलगत्तै देशमा खुसियाली छायो अनि ठाउँ ठाउँमा दिपावली मनाइयो।नेपाली जनताहरुले वर्षौं देखि कुरिरहेको संविधान देशले प्राप्त गर्यो।

 तर मुलुकमा नयाँ संविधान जारीभएसंगै खुसी मनाउँदै दीपावली गदैगर्दा मधेसकेन्द्रीत दलहरुले सो दिनलाई कालो दिनको रुपमा स्वीकार गर्दै आन्दोलित हुँने क्रममा वीरगञ्जमा एक नागरिकले प्रहरीले चलाएको गोलीबाट ज्यान गुमाए । त्यसो त यसवीचमा प्रहरीलगायत थुप्रै प्रदर्शनकारी तथा अबोध बालकले पनि ज्यान नगुमाएको होइन । चाहे त्यो निरकुस पञ्चायती व्यवस्थाको विरुद्ध र लोकतन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा होस वा गणतान्त्रिक नेपालको कामना गर्दै ०६२ /०६३ मा भएको आन्दोलननै कि नहोस जहिले पनि जहाँ पनि नागरिले आफ्नो जीनव उत्सर्ग गदै आएका छन अधिकार प्राप्तिका नाममा । तर त्यो अधिकारको प्रत्याभूत गराउँने मेलोमेसो वोकेका दलीय नेताहरुमा कहिलेपनि जन उत्सर्गलाई सम्मान गर्नु पर्छ भन्ने भेउ समेत कहिले देखिएनन । जहिले पनि सत्ताकेन्द्रीत लोभबाट ओतप्रोत रहदै कहिले यो वा त्यो बहानामा त कहिले यो वा त्यो कोणबाट जातीय आन्दोलन, साम्प्रदायिक विचलनको जालो बुन्दै आफ्नै नैनितालमा रमाउँदै बस्दै आइरहेका छन ।  यदि यस्तो तहुँदो हो त मुलुकमा ६ दक भन्दा लामो समय पछि जारी नयाँ संविधान र यसको आधारमा मुलुको समृद्धिको मार्ग चित्र कोर्नु पर्ने समयमा यो वा त्यो बहानामा कहिले के आन्दोलन त कहिले के आन्दोलनमा जनतालाइ होम्दै लोकतन्त्रको आचरण विपरित जनताको ज्यान लिने काम हुँदैन थियो होला ।

त्यस्तै जारी आन्दोलनलाइ सम्बोधन गर्नका लागि सत्तारुढदलबाट भएको वार्ताको आव्हानमा समाहित हुँदै बहस र संवादको माध्यमबाट प्रस्तुत हुन्थ्यो होला । तर नेपाल लोकतन्त्रान्त्रिक मुलुक भएर पनि बहस र संवाद भन्दा पनि जतनताको रगतमा होली खेल्न रुचाउँछन यहाँका नेताहरु । त्यसैको परिणती स्वरुप तराइमा आन्दोलन चर्किंदै गइरहेको छ। लगातारको बन्दले तराइको जनजीवन प्रभावित बन्दै गइरहेको छ। हजारौं विद्यार्थी शिक्षा प्राप्त गर्नबाट वन्चित भइरहेका छन्। दशैँको नजिकमा चलिरहेको तराइमधेश आन्दोलनले कयौं सर्वसाधारण जनतालाई तनावमा बाँच्न बाध्य पारिएको छ। त्यसमाथि पनि छिमेकी मुलुक भारतले नेपालमा जारी नयाँ संविधानप्रति बढी नै चासो देखाउँदै संविधान निर्माणप्रति अनावश्यक रुपमा असन्तुष्टि व्यक्त गर्नु र सोहि अनुरुपको रवैया प्रदर्शन गर्नु विस्तारवादको चरम पराकाष्ठा नै हो । परनिर्भरतामा रहनुपर्ने हाम्रो मुलुकको विवसता माथि प्रहार गर्दै भएको यो नियोजित षडयन्त्र अर्थात नाकाबन्दी कै हल्लाका कारण नेपालमा पेट्रोलियम पदार्थ लगायत खाना पकाउने ग्याँसको अभाव बढ्न थालेको छ। पेट्रोल पम्प तिर हजारौंको संख्यामा लाइन बस्न बाध्य भएका छन् ,कालो बजारीको वातावरण सुरु भइसकेको अवस्था छ।

अन्तराष्ट्रिय समझदारी तर मित्रराष्टतको मापडण्ड विपरित अहिले भारतले जुन प्रपञ्च रचेको छ त्यो आफैमा किमार्थ न्यायोचित होइन र छैन पनि । यसअर्थमा जव परराष्ट्रबाट  राष्ट्रमा हस्तक्षेपको  संभावना देखिएपछि एकआपसमा विभाजन भएर होइन एक भएर सहमति गर्नु पर्छ  राष्ट्रिहितका लागि । त्यस अर्थमा पनि  जारी आन्दोलनको मागलाइ तत्काल सम्बोधन गर्दै जायज माग को सम्बोधन गर्दै सहमतिमा आन्दोलनलाइ अवतरण गराउँनु पर्छ डढेलो प्रारुपमा रुपान्तरण नहुँदै बल्न सुरु गरेको आगोको झिल्कालाई समयमा नै निभाउँनु पर्छ समुन्द्रको गहिराइप्रती चराले अनि आकाशको उचाइप्रति माछाले चासो देखाउनु पूर्ण रुपमा अर्थहिन काम भए जस्तै छिमेकी मुलुकहरुले आवश्यकता भन्दा बढी नेपालको संविधान प्रती नकरात्मक आलोचना गर्नु पनि न्याय संगत नहोला किरुरु यतातिर दलहरुले उचित कदम चाल्नु जरुरी छ।

  (महर्जन,ज्ञानोदय उमाविका शिक्षक हुँनुहुन्छ)