शुक्रबार, चैत्र १६, २०८०

संविधान निर्माणको जारी प्रक्रिया सुचारु,संविधानसभाको बैठकमा शिर्ष नेताको सम्बोधन

काठमाडौ भाद्र २७, संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका भनिएको मधेसवादी दलहरूसंग वार्ता गर्दै सवै दलको सहमतिमा संविधान लेखनको जारी प्रक्रिया सुचारु गर्ने निर्णय अनुरुप यस वीचमा दुई दिन संविधानको चालु प्रक्रियालाई स्थगन गर्दै वार्ताको आव्हान गरिए पनि मधेसवादीदल वार्तामा नआएपछि संविधान निर्माणको जारी प्रक्रियालाइ सुचारु गर्ने निर्णय अनुरुप प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा आज भाग लिनुभएको छ । यसै क्रममा आजको संविधानसभाको बैठकमा प्रमुख दलका शीर्ष नेताले आ–आफ्नो धारणा राख्नुभएको हो ।

3 dallआन्दोलनको नाममा सामाजिक विद्वेष फैलाउने, काम नर्गन प्रम कोइरालालको आग्रह

यसैक्रममा नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ आज भाग लिँदै प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रसहितको समावेशी संविधान जारी गर्ने अन्तिम प्रयासमा प्रमुख राजनीतिक दलहरू लागिपरेको बताउनुभएको छ । त्यस्तै प्रम कोइरालाले विभिन्न कालखण्डको जन आन्दोलनको उपलब्धि स्वरुप जनअधिकार संस्थागत गर्ने महत्वपूर्ण घडीमा मुलुक आइपुगेको र यस वीचमा आन्दोलनको नाममा सामाजिक विद्वेष फैलाउने, आर्थिक गतिविधि रोक्ने काम गर्नु नहुँनेमा जोड दिदै शान्ति प्रक्रियालगायत ठूल्ठूला समस्या समाधान गर्न विगतमा हामी सफल  भयौं  अहिले पनि संविधान जारी गर्न सफल हुने विस्वास व्यक्त गर्नु भएको छ ।

वार्ता र संवादका माध्यमबाट जस्तोसुकै समस्याको पनि समाधान गर्न सकिने जनाउ दिदै आन्दोलनरत समूहलाई फेरि पनि वार्तामा आउँन आह्वान गर्दै प्रम कोइरालाले संविधानमा कहीँ कतै कमीकमजोरी देखिए संविधान जारी भएपछि संशोधन गरेर अघि बढ्ने विषयमा सहमति भएकाले दुविधा नलिन अनुरोध गर्दै त्यस अवसरमा कानुनी शासन, लोकतन्त्र र अधिकार स्थापनाको ऐतिहासिक अवसरलाई अन्तर्राष्ट्रिय समुदायले पनि समर्थन जनाउने विश्वास सहित राष्ट्रिय स्वाभिमानका लागि सङ्कल्प गर्नु आजको आवश्यकता भएको बताउनुभएको थियो ।

संविधान निर्माणको प्रस्तुत उपलब्धिलाई स्विकार गर्नु पर्नेमा अध्यक्ष ओली जोड

परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा भाग लिँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताका समस्या समाधान गर्दै आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता भएको बताउँदै तराई र मधेसको नाममा भएका आन्दोलन राष्ट्रको अखण्डता र सार्वभौमसत्ताविरुद्धको प्रयास भएकाले नेपाली जनताले कदापी स्वीकार नगर्ने अभिव्यक्रि दिनु भएको छ । त्यस्तै उहाँले संविधान जारी भएपछि पनि आवश्यक संशोधन गर्न सकिने भएकाले संविधान बन्न नदिने जस्ता चलखेल गर्नु नहँने विचार व्यक्त गर्दै संविधान निर्माणको प्रस्तुत उपलब्धिलाई स्विकार गर्नु पर्नेमा जोड दिनु भएको थियो

आत्मघाती र राष्ट्रघाती सोच नराख्न अध्यक्ष दाहालको आग्रह

त्यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब कुनै पनि हालतमा यसलाई सफल बनाउपर्नेमा जोड दिदै संविधानसभालाई असफल तुल्याउँन सक्रिय अदृश्य शक्तिलाई परारस्त गर्नु पर्ने बताउँनु भएको छ । त्यस्तै उहाँले मधेसवादी दलका नेताले जुन प्रारुपमा छुट्टै राज्य बनाउने धारणा सहितको आत्मघाती र राष्ट्रघाती सोच नराख्न पनि आग्रह गर्नु भएको थियो