शुक्रबार, चैत्र १६, २०८०

संविधान जारी भएको खुसियालीमा राजधानीमा सयुक्त विजयसभाको आयोजना हुँदै

शिर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं आश्विन ४, नेपालको संविधान ०७२ घोषणा भएको खुसियालीमा हाज रमजधमनीको सैनिक मञ्चमा प्रमुख तिन दलले आज राष्ट्रिय उत्सवमय सभाको आयोजना गर्ने भएका छन । उक्त सभामा प्रमुख तीनदलका शिर्ष नेताहरु क्रमस कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी 3 dallशर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै प्रस्तुत सभा संविधान जारीकाृ अवसरमा ऐतिहासिक खुसीको रुपमा मनाएर दलहरुको तर्फबाट साझा सन्देश दिन यस किसिमको संयुक्त सभाको आयोजना गरिएको नेताहरुले बताएका छन । त्यस्तै सभासुरु हुँनु पूर्व राजधानीका तिन ठाउँबाट विजय यालीका जुलुस सुरु निकाल्ने तयारी पनि दलहरुले गरेका छन । यस क्रममा दिउँसो १२ बजेबाट कांग्रेसले शान्ति वाटिका, एमालेले रत्नपार्कस्थित रातो घर र एमाओवादीले भृकुटीमण्डपबाट जुलुस निकाल्ने भएका छन ।
यसरी तिनै दलले विजय उत्सवका रूपमा आयोजना गर्न लागेको सभामा सहभागी हुँन यस अघिनै आम जनसमुदायलाई अपिल गरिसकेका छन । त्यसैको लागि आज सरकारले आज विजयउत्सव मनाउन सार्वजनिक विदा दिएको छ ।