बिहिबार, बैशाख १३, २०८१

संविधान जारी गरिने समारोहमा सहभागी हुन शीर्ष नेताको आग्रह

काठमाडौ आश्विन २ ,प्रमुख तीन राजनीतिक दलले आइतबार संविधान जारी गर्ने समारोहमा सहभागी हुन सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन् ।  नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा (माओवादी)का शीर्ष नेताको बैठकले संविधान जारी गर्ने महत्वपूर्ण समारोहमा सबैलाई सहभागी हुन संयुक्त रुपमा 11102वक्तव्य जारी गरी आग्रह गरिने र असन्तुष्ट पक्षलाई पनि सन्तुष्ट पार्ने गरी आजै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ ।

त्यस्तै बैठकमा समसामयिक परिस्थितिको सम्बन्धमा समीक्षा गरिएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मधेस आन्दोलनको पनि उपलब्धि भएको र संविधानले आम नेपाली जनतालाई सम्बोधन गरेको उल्लेख गर्दै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउँनु भएको छ भने उपप्रम एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बताउनुभयो ।