बिहिबार, बैशाख १३, २०८१

संविधान घोषणाका लागि निम्तो बुझ्न शीतल निवासले समय दिएनन विधानसभाध्यक्ष नेम्वाङलाई

यस्तो छ राष्ट्रपति डा यादवले संविधानसभाध्यक्ष नेम्वाङलाई पठाउनुभएको ७ बुँदे पत्र

काठमाडौं भाद्र २८ , आश्विन ३ गते आईतबार साँझ ५ बजे ‘नेपालको संविधान २०७२’ घोषणाका लागि राष्ट्रपति यादवलाई निम्तो दिन आज साँझ ७ बजे शीतल निवास जाने तयारीमा रहेका संविधानसभाध्यक्ष सुवास नेम्वाङ र सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई आज साँझ राष्ट्रपतिको कार्यालय images (1)शीतलनिवासले  भेटवार्ताको लागि समय नमिलेको जानकारी गराएको बुझिएको छ ।

त्यसो त यसअघि अर्थात भाद्र २५ गतेका दिन संविधानको परिमार्जित विधेयकमा परेका संशोधन निर्णयार्थ पेश भइरहेका बेला राष्ट्रपति डा रामवरण यादवले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पत्र पठाइ संविधान निर्माणको कार्यलाई आफूले नजिकबाट नियालिरहेको बताउनुभएको प्रसंगलाई यसवीचमा महत्वपूर्ण ढङगबाट विश्लेषण गरिएको छ ।

एकातर्फ निमन्त्रणा दिन जानलागेको विधानसभाध्यक्षलाई समय नमिलेको जानकारी दिनु अर्कोतर्फ विधान निर्माणको कार्यलाई आफूले नजिकबाट नियालिरहेको आशय सहितको ७ बुँदे पत्र पठाउँनु आफैमा प्रासङगीक एवम् अर्थपूर्ण रहेको बताईएको छ । त्यस्तै राष्ट्रपतिको यो गतिविधीलाइ हेर्ने हो भने उहाँ मुलुकका प्रमुख दलहरुसंग असन्तुष्ट बनेको सहजै अनुमान गर्न सकिन्छ । त्यसमाथि पनि राष्ट्रपति निवासले पहिले प्रधानमन्त्रीसँग कुरा गरेपछि मात्रै सभाध्यक्ष नेम्वाङसँग कुरा गर्ने जनाउ दिनु यसको ज्वलन्त उदाहरण भएको विश्लेषकहरुको दावी रहेको छ । तर राष्ट्रपति निवासले भने नेम्वाङसँग राष्ट्रपतिले सोमबार भेट गर्न नसकेको कुरालाई सामान्य रुपमा बुझ्न आग्रह गरेको छ ।

यसैवीच  भाद्र २५ गतेका दिन राष्ट्रपति डा रामवरण यादवले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पठाउनु भएको पत्रमा  के छ भन्ने सर्वत्र खुल्दुली भइरहेको अवस्थामा राष्ट्रपति कार्यालयका स्वकीय सहसचिव काशीराज आचार्यद्वारा आज सार्वजनिक गरिएको उक्त  पत्रमा राष्ट्रपति डा रामवरण यादव यस्तो अभिव्यक्ति व्यक्त गरेका  छन ।

सम्माननीय राष्ट्रपति डा-1 सम्माननीय राष्ट्रपति डा-2 सम्माननीय राष्ट्रपति डा-3