शुक्रबार, बैशाख ७, २०८१

संविधानको शब्द र आनुसंगिक मिलाउँनको लागि गठित समितिको बैठक बस्दै ,आजै प्रतिवेदन बुझाउँन कार्यादेश

काठमाडौ भाद्र ३१,  बुधवार संविधानसभाको बैठकबाट दुई तिहाई बहुमतसहित पारित भएको नेपालको संविधान –२०७२ हुनसक्ने भाषिक त्रुटि सच्याउन संविधानसभाबाट संविधान पारित भएपछि आज त्यसका भाषागत तुटी सच्याइने भएको छ । राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईको नेतृत्वमा संविधानसभाले मस्यौदा समितिका सभापति कृष्ण सिटौला, एमाले प्रमुख सचेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरिराजमणि Sambidhanपोखरेल र राप्रपा नेपालका सभासद कुन्ती शाही रहेने गरि गठन गरेको पाँच सदस्यीय समितिको आज बस्ने बैठकले संविधानका धारा-धारामा भएको भाषागत तुटी सच्याउँदै सो सम्बन्धमा पूर्ण प्रतिवेदन संविधानसभाध्यक्ष सुवास नेम्वाङलाई बुझाउने छ ।

समितिलाइ आज दिउँसो ३ बजेसम्म प्रतिवेदन बुझाउँन कार्यादेश दिईएको छ । त्यस्तै संविधानसभधाले दिएको कार्यादेश अनुरुप आज १२ :३० बजे राज्य व्यवस्था समितिको हलमा समितिको बैठक बस्ने तयारी गरिएको थाहा भएको छ । त्यस्तै बैठकले संविधानको शब्द र आनुसंगिक मिलाएर संविधानको प्रति सभाध्यक्षलाई बुझाएपछि आजै संविधानको प्रतिमा प्रत्येक सभासदले हस्ताक्षर गर्नुपर्ने नियमावलीमा व्यवस्थाअनुसारको कार्य सम्पादन गर्ने तयारी संविधान सचिवालयले गरेको बुझिएको छ ।

त्यस्तै सचिवालयका अनुसार हस्ताक्षर भएको संविधानको प्रतिमा सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गरेपछि आश्विन ३ गते साँझ राष्ट्रपति डा,रामवरण यादवले संविधानसभा भवन नयाँ बानेश्वरमा हुने विशेष समारोहमार्फत संविधान जारी भएको घोषणा गर्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031