शनिबार, बैशाख ८, २०८१

संविधानको विधेयकमाथि दफावार मतदानबाट विधेयकको ‘भाग १’ अन्र्तगत विभिन्न नौ धारा पारित

धारा ४ अन्र्तगत धर्मसम्बन्धी व्यवस्थामा भने प्रमुख ३ राजनीतिक दलका तर्फबाट प्रस्तुत भएको ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको संशोधन प्रस्ताव पारित

राष्ट्रिय झन्डा,राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय जनावर गाई नै कायम

काठमाडौं भाद्र २८,  संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनलाई संविधानसभाको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको र अहिलेसम्म विधेयकको ‘भाग १’ अन्र्तगत विभिन्न नौ धारा पारित भएका छन् । आज पारित भएको त्यस्तै संविधानको धारा ४ अन्र्तगत धर्मसम्बन्धी व्यवस्थामा भने प्रमुख ३ राजनीतिक दलका तर्फबाट प्रस्तुत भएको ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको संशोधन प्रस्ताव पारित गरिएको छ ।

Sambidhanप्रस्तुत प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले अस्वीकार गरेपछि अध्यक्ष थापासहित राप्रपा नेपालका सभासद्हरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएको थियो । सोलगत्तै सभाध्यक्ष नेम्वाङले कुल सदस्य सङ्ख्याको कम्तीमा दश प्रतिशत सदस्यहरु उभिएर समर्थन जनाउनुपर्नेमा त्यो सङ्ख्या अपुग भएकाले प्रस्ताव अस्वीकृत भएको र मत विभाजन गरिरहनु नपर्ने जानकारी गराउनुभएको थियो । धारा ५ मा ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, एकता, नेपालीको हक एवम् स्वाभिमानको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितलगायतका विषय रहेका छन ।
त्यस्तै बैठकले राष्ट्रिय झन्डासम्बन्धी धारा ८ मा ‘सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो” भन्ने व्यवस्था पारित गर्नुको अलावा धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने, नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने’ व्यवस्था गरिएको छ भने राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय जनावर गाई नै कायम गरिएको छ । संविधानसभाको बैठक अहिले पनि जारी छ