शुक्रबार, चैत्र १६, २०८०

संविधानको मर्म बुझाउँन काँग्रेस जनतामा जाने

काठमाडौ आश्विन ४,  नेपाली काँग्रेसले नयाँ संविधानले समेटेको यथार्थ जानकारी गराउन जनतामा जाने निर्णय गरेको छ । प्रम निवास बालुवाटारमा आज भएको काँग्रेस केन्द्रीय समितिको बैठकले जारी भएको नयाँ संविधानका उपलब्धिलाई जनस्तरसम्म पु-याउन सकेमात्र संविधानको कार्यान्वयन सफल हुने ठहर nc flageगर्दै यस्तो निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभएको छ ।

प्रवक्ता बडूका अनुसार त्यस क्रममा काँग्रेसले संविधानमा भएका समावेशी हकअधिकारका बारेमा जानकारी गराउँदै सहमति, सहकार्य, एकता र मेलमिलापबाट समस्त असन्तुष्ट पक्षलाई पनि सम्बोधन गर्नका लागि यस्तो निर्णय गर्दै तराई मधेस तथा थारु समूहमा भएका असन्तुष्टिलाई अझै वार्ता र संवादबाट सहमतिमा ल्याउन सकिने निष्कर्ष निकालेको पनि उहाँले बताउँनु भएको छ ।

त्यस्तै बैठकले काँग्रेसले २००७ सालमा जनतामा उद्घोष गरेको संविधानसभाबाट संविधान बनाउने कार्य ६५ वर्षपछि काँग्रेसकै नेतृत्वमा सफल भएको भन्दै यस प्रयत्नका लागि पार्टीको नेतृत्व तह र सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई विशेष धन्यवाद ज्ञापन गर्दै संविधान निर्माणमा समन्वय भूमिकासहित अहोरात्र खटेका सबै पार्टीका नेतृत्व तह तथा सभासद्, जनता, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद ज्ञापन गरेको र संविधान निर्माणमा जुट्नु परेकाले पार्टीको निर्धारित मितिमा महाधिवेशन गर्न नसकिएको जानकारी भन्दै उहाँले नयाँ संविधानले विशेष परिस्थितिमा छ महिना थप गरेकाले संवैधानिक जटिलता टरेको बताउनु भएको छ ।

त्यस्तै उहाँले आजको बैठकले अबको छ महिनाभित्र उपयुक्त समयमा महाधिवेशन गर्ने गरी मिति तोक्ने र त्यस विषयमा यही असोज ५ गते निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।