शनिबार, बैशाख ८, २०८१

संविधानका प्रतिमा पाँचसय ३७ जना सभासदले गरे ऐतिहातिक हस्ताक्षर ,६१सभासद् अनुपस्थित

सभाध्यक्ष सुवास नेम्वाङद्दारा प्रमुखदलका शिर्ष नेताको उपस्थितीमा नेपालको संविधान २०७२ मा हस्ताक्षर गरी प्रमाणीकरण

काठमाडौ आश्विन १, संविधानसभा भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानको परिमार्जित विधेयकको प्रतिमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले sambidhanसहित संविधानसभाका ५३७ सभासद्ले नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्नुभएको छ ।  आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा कायम रहेको पाँचसय ९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै संविधानको प्रतिमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म हस्ताक्षरका लागि समय तोकिए पनि तोकिएको समयमा मधेस केन्द्रित दलबाट प्रतिनिधित्व गर्ने सभासद सहित ६१ सभासद् अनुपस्थित रहेका कारण जनआन्दोलनको प्रमुख उपलब्धिका रुपमा ग्रहण गरिएको संविधानसभाको गत भाद्र ३० गते दुइतिहाइ बहुमतबाट पारित सविधानको सभाको प्रतिमा हस्ताक्षर गर्ने अवसर गुमाएको हो ।

हस्ताक्षर कार्य समाप्तिपछि सभाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सभासद्को उपस्थितिमा नेपालको संविधान २०७२ मा हस्ताक्षर गरी प्रमाणीकरण गर्नुभएको थियो ।