शुक्रबार, चैत्र १६, २०८०

संवादका माध्यमबाट समस्याको समाधान पहिल्याउँन महासचिव मुनकोे आग्रह

काठमाडौ भाद १७  संयुक्त राष्ट्र सङ्घका महासचिव वान की–मुनले सबै प्रकारका हिंसा त्यागेर संवादका माध्यमबाट समस्याको समाधान पहिल्याउँन नेपालका Ban-Ki-moonUntitled-1सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ । महासचिव वानका प्रवक्ता स्टेफान डुजारिकद्वारा आज जारी प्रेस विज्ञप्तिमा जारी सबै प्रकारका हिंसा तथा बल प्रयोगलाई त्याग्न सबै पक्षलाई आग्रह गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

त्यस्तै नेपालस्थित राष्ट्र्रसंघको सूचना केन्द्रका अनुसार उहाँले हालै नेपालमा भएका हिंसा र व्यक्तिको जीवनक्षतिका दुःखद घटनाप्रति दुःख पनि व्यक्त गर्नुभएको छ ।  राष्ट्र सङ्घले नेपालद्वारा नेतृत्व गरिएको शान्ति प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको उपलब्धि अनुरुपनै नेपालमा नयँ संविधान लेखनको मार्ग प्रसस्त भएको जनाउँदै महासचिव वानले नेपालका नेताहरूलाई शान्ति सम्झैताको समयमा जस्तै सहमतिको मार्गमा अगाडि बढ्दै संविधान निर्माणको कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभएको कुरा विज्ञप्तिमा उल्लेख छ ।