बुधबार, बैशाख १२, २०८१

शवदाहगृहमा दाहसंस्कार प्रविधीको परिक्षण गरियो

काठमाडौ भाद्र १८,   आगामी आश्विन १ गते देखि प्रयोगमा ल्याइने बताईएको पशुपति क्षेत्रमा निर्माण गरिएको शवदाह गृहमा बेवारिसे शव जलाएर परीक्षण xnepal_newschita.jpg.pagespeed.ic.8aGifKUjZ8गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार आज इलाका प्रहरी कार्यालय गजुरीले गत साउन ४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको एक बेवारिसे शव आज परीक्षणस्वरुप दाहसंस्कार गरिएको हो ।

त्यस्तै कोषका अनुसार शवदाह गृहमा जडान गरिएको एउटा यन्त्रमा बिहीबार बेलुकी शवदाह परीक्षण पहिलोपटक गरिएको थियो भने आज अर्को यन्त्रमा शवदाह परीक्षण गरिएको हो । पहिलो र दोस्रो शवदाह परीक्षणबाट विद्युतीय शवदाह प्रक्रिया वातावरणमैत्री पाइएको भन्दै कोषले शवदाह गृह निर्माण गर्न रु ११ करोड खर्च भएको जनाएको छ