बिहिबार, बैशाख १३, २०८१

व्यवस्थापिका संसद्को बैठकमा वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौ भाद्र २०,  व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २२, २३ र २४ औँ वार्षिक प्रतिवेदन’ पेस गर्नुभयो । उहाँले ‘महान्यायाधिवक्ताको कार्यालयको वार्षिक bicc-1प्रतिवेदन २०७०/७१’ पनि प्रस्तुत गर्नुभएको छ ।

त्यस्तैगरि बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले ‘विकास समितिको वार्षिक प्रतिवेदन, २०७२’ र अर्थमन्त्री डा रामशरण महतले ‘महालेखा परीक्षकको ५१ र ५२औँ वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको छ । साथै मन्त्री महतले  बैंकिङ कसूर तथा सजाय (पहिलो संशोधन) विधेयक, २०७१, ‘नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७१’, र ‘निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक, २०७२’ र कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७१, लेखापरीक्षण (पहिलो संशोधन) विधेयक, २०७१’ समेत प्रस्तुत गर्नुभएको छ ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट संसदीयमन्त्री आचार्यले प्रस्तुत गर्नु भएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१ माथि विचार गरियोस्’ भन्दै प्रस्तुत गर्नु भएको प्रस्ताव र मेलमिलापसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७१ सर्वसम्मतिले स्वीकृत गरेको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही भदौ २९ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।