शुक्रबार, बैशाख १४, २०८१

विप्लव नेतृत्वको माओवादीद्दारा आव्हान नेपाल बन्दको क्रममा राजधानीमा वम आतङक, सुरक्षा व्यवस्था कडा

काठमाडौ आश्विन ३, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले संविधानसभाले नेपालको नयाँ संविधान २०७२ जारी हुँने दिन तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ००७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको जनयुद्ध एवम् १९ दिनको ऐतिहासि जनआन्दोलनका राजनैतिक download (1)एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित तीन दलले जनविरोधी संविधान जारी गर्न लागेको भन्दै आज आव्हान गरेको नेपाल बन्दका कारण उपत्यका भन्दा उपत्यका बाहिरको जनजीवन केही प्रभावित भएको समाचार प्राप्त भएको छ ।

राजधानीमा बिहानैदेखि गाडी चलिरहेको भए पनि ललितपुरको महालक्ष्मीस्थान र पुल्चोक तथा काठमाडौंको रवीभवनमा बम भेटिएको छ । यसरी भेटिएको बम प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले तीनै स्थानको बम निष्क्रिय पारेको बुझिएको छ । त्यस्तै बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको पर्चा र झन्डा पनि बरामद गर्नुको अलावा राजधानीको सुरक्षा व्यवस्था अझै कडा बनाइए भएपनि राजधानीको जनजीवन सामान्य नै रहेको जनाएको छ ।  त्यस्तै बन्दको नाममा आज बिहान सडकमा अवरोध गर्न खोज्ने ११ जनालाई प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको जनाएको छ ।