शुक्रबार, बैशाख १४, २०८१

विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्न मोर्चाको माग

काठमाडौ आश्विन ५, मुलुकमा जारी नयाँ संविधानप्रति असहमति जनाई आन्दोलित रहदै आएका सङ्घीय लोकतान्त्रिक मोर्चा सम्वद्ध मजफो लोकतान्त्रिक , download (2)मजफो गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीको आज बसेको बैठकले राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्दै विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

मोर्चाको आज बसेको बैठकपछि मजफो लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरत्सिंह भण्डारी र मजफो गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जारी विज्ञप्तिमा नयाँ संविधान विगतका भन्दा अग्रगामी हुँदाहुँदै पनि सङ्घीयताको विषयमा थारु लगायतका समुदायका भावना समेट्न नसकेको र मधेस थरुहटका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला विवादको केन्द्रमा रहेको र संविधानमा आवश्यक संशोधन यो मुद्दालाई समेट्न ध्यानाकर्षण सहितको यस्तो आग्रह गरेको हो ।  त्यस्तै सोहि विज्ञप्तिमा तराई मधेस, थरुहट क्षेत्रमा जारी शान्तिपूर्ण आन्दोलनमा सुुरक्षा दमन नगर्न, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न, घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ ।