बिहिबार, बैशाख १३, २०८१

रुखको कहानी र कम्युनिष्टहरू

pen-copy-gift-150x1502 – शोभाकर पराजुली

 कथाहरूमा प्राय रुख बोलेको, जनावरले मानिसको जस्तो कार्य गरेको आदि उल्लेख हुन्छ । ती असत्य भए पनि सत्यका बारेमा बुझाउन बुझ्न सहयोग गर्ने हुन्छन् । एक पटक एउटा घनघोर जंगलबाट एउटा मानिसले बञ्चरो लिएर जाँदैरहेछ । जंगलका साना रुखहरूको सातो गएछ । उनीहरूलाई लागेछ कि अब हामीलाई बञ्चरोले काट्ने भयो । त्यही डरमा रुखहरूबीच सल्लाह भएछ र सबैले यो पीडा सबैभन्दा ठूलो रुखलाई सुनाएछन् । ठूलो रुखले हाम्रो भाइको सहयोग छ कि छैन ? भनेर सोधेछ । उनीहरूले भनेछन्–त्यो बन्चरोलाई मानिसले डोरीले bookबाँधेर ल्याउँदै गरेको छ । पछि आफ्ना भाइहरूले सहयोग नगरेको हुँदा केही हुँदैन भन्ने कुरा भएछ । अर्थात् काठको बिँड रहेनछ । आफ्ना बारेमा जानेकाहरूबाट गल्तिलाई लुकाउन साह्रै गाह्रो हुन्छ । त्यसैले सर्पको खुट्टा सर्पले देख्दछ भन्ने गरिन्छ । गल्ति गर्ने तानाशाहहरु अर्काथरी तानाशाहहरूबाट बढी नै डराउँछन् ।

कम्युनिष्टहरुलाई सबैभन्दा कम्युनिष्टको एकदलीय शासन गर्न कम्युनिष्टहरू नै तगारो बन्नेछन् । जसको सेना ठूलो छ त्यही बलियो र जनताको भन्ने स्थापित गरिनेछ । त्यसको विरोध गर्ने कम्युनिष्टहरू नै कम्युनिष्ट सत्ताको पहिलो शिकार हुने संभावना रहन्छ । अहिले पनि देशमा कम्युनिष्टहरू मात्र भएको भए सत्ताधारीलाइ सलाम गर्न नसक्ने कम्युनिष्टहरु र सत्तामा बस्ने कम्युनिष्टहरूको बन्दुक हानाहान चलिनै रहेको हुने थियो । बहुदलीय व्यवस्था नमान्नेहरूको बल भनेको जनता र मत होइन बन्दुक हो । यो हामी सबैले बुझ्नु पर्दछ । प्रचण्डको एकदलीयता आउनलाई र स्थायित्व पाउनलाई उनीहरूले आत्मसमर्पण नगरेसम्म माधव नेपाल, चित्रवहादुर केसी आदिको घाँटीमा खुकुरी पर्नै पर्दछ । माधव कुमारहरूको कम्युनिष्ट एकदलीयता आउनलाई प्रचण्डहरूको छातीमा गोली लाग्नै पर्दछ । हामीलाई थाहा नै छ एकदीय व्यवस्था नआउँदै फरक मतको नाममा बाबुरामको गर्धन छिनिने संभावना उनीहरूबीचमा नै भएको थियो । यो तथ्यलाई कम्युनिष्ट मित्रहरूले पनि बुझ्न पर्ने हो र त्यो आतंकको दलदलबाट निस्कन सक्नु पर्ने हो । बीपी…, निलाम्बर आदिले समयमा नै बुद्धि पु-याउनु भयो र  आफूलाइ पनि त्यो पीडादायी अवस्थाबाट मुक्त गर्न प्रयास गर्नु भयो । अरुले पनि सोच्ने बेला आएन र ?

हामीलाई  प्रस्तुत  लेखमाला लेखक पराजुलीले आफ्नो पछिल्लो पुस्तक   लोकतन्त्र र समाजवाद प्रकाशनको लागि उपलब्ध गराउँनु भएको  हो ।  प्रस्तुत पुस्तकको परिच्छेड १ अन्र्तगत  अन्तिम भाग आजको यो अंकमा  प्रकाशन  गरेका छौं । (स)