शनिबार, बैशाख ८, २०८१

राष्ट्रसंघको ७० औँ महासभामा प्रम कोइराला नजाने

काठमाडौ आश्विन ६ , प्रधानमन्त्री सुशील कोइरालाले विश्वका १९२ मुलुक सदस्य रहेको संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा भाग लिन १८ सदस्यीय नेपाली nepal_news1435305420-sushil-koirala-759प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज अपराह्न न्युयोर्क नजाने मनस्थिती बनाउँनु भएको बुझिएको छ । उहाँ मुलुकमा संविधान जारी भएपछि तराई मधेशमा जटिल समस्या सृजना भएको भन्दै राष्ट्रसंघको ७० औं साधारण सभामा भाग लिन नजाने मनस्थितीमा पुगेको उहाँका बिदेश मामिला सल्लाहकार दिनेश भट्टराईलाइ उदृत गर्दै सार्वजनिक भएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै यस सम्बन्धमा थप निर्णय निर्णय मन्त्रीपरिषद बैठकबाट गर्ने तयारी भएको थाहा भएको छ ।  यसअघि प्रधानमन्त्री सुशील कोइरालाले विश्वका १९२ मुलुक सदस्य रहेको संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा भाग लिन १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज अपराह्न न्युयोर्क जाने तयारी भएको थियो । त्यस्तै प्रधानमन्त्री कोइरालाले महासभालाई आगामी आश्विन असोज १४ गते सम्बोधन गर्नुहुने कार्यक्रम तय हुँनुको अलावा प्रम कोइरालाले महासभामा सम्बोधन गर्नुअघि आश्विन ८ देखि १० गतेसम्ममा आयोजना हुने सन् २०१५ पछिको विकास लक्ष्य घोषणा गरी पारित गर्ने राष्ट्रसङ्घीय शिखर सम्मेलनमा भाग लिनुहुने परराष्टमन्त्रालले जनाएको थियो ।

साथै चीनका राष्ट्रपति सि जिनपिङ्ग र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणः कार्यान्वयनमा प्रतिबद्धता’सम्बन्धी विश्वका नेतासँगको बैठक र राष्ट्रपति सि जिनपिङ्ग र महासचिव वानले आयोजना गर्नुहुने ‘सन् २०१५ पछिको विकास रूपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि प्रधानमन्त्री कोइरालाले भाग लिने कार्यक्रम तय गरिएको  थियो ।