बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति डा.यादव प्रम कोइरालावीच विशेष भेटवार्ता,आन्दोलित दललाइ पनि सहमतिमा ल्याउँन सुझाव

काठमाडौ भाद्र २९,  राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले आज विहान विशेष भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त भेटवार्ता नेपालको संविधान २०७२ जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपति डा रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले 953153891669औपचारिक रुपमा निमन्त्रणा पत्र बुझाइसकेपछि भएको हो ।

त्यस्तै भेटका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान लेखनमा अहिलेसम्म भएका प्रगति र जारी संविधान लेखन प्रक्रियामा राजनीतिक दललाई सहभागी गराउन गरिएको प्रयासहरुबारे जानकारी गराउँनु भएको थियो ।  तर प्रम कोइरालाको प्रस्तुत अभिव्यक्ति पछि राष्ट्रपति आन्दोलनमा डा यादवले होमिएका मधेसवादीदललाई पनि सहमति ल्याउँदै संविधान जारी गर्ने वातावरण बनाउँन हरसंभव प्रयास गर्न सुझाव दिनु भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
त्यस्तै भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट संविधान जारी हुने सुनिश्चित भइसकेकाले अब कुनै शङ्का नगर्न सबैसँग आग्रह गर्नुभएको थियो ।