शुक्रबार, चैत्र १६, २०८०

राप्रपा समानान्तरले आश्विन ३ गतेलाई कालो दिन मान्ने

काठमाडौं आश्विन २,   राप्रपा नेपाल समानान्तरको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको वैठकले आइतवार जारी हुँने नेपालको pressसंविधान ०७२ आफुहरुको लागि अमान्य रहेको र सो दिन राप्रपा नेपाल समानान्तरले कालो दिनको रुपमा मान्ने निर्णय गरेको छ ।
बैठक पछि पार्र्टी प्रवक्ता सगुन सुन्दर लावतीको हस्ताक्षरमा जारी विज्ञप्तिमा नेपाली जनताको भावना विपरित संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र एवम खुकुलो नागरिकता नीतिको कारणले देश विखण्डनतर्फ उन्मुख रहेको उल्लेख गर्दै संविधानका अन्तरवस्तु विरोध गर्ने सबैसँग सहकार्यका लागि अनुरोध गरेको छ ।