शुक्रबार, बैशाख ७, २०८१

राप्रपा नेपाल समानान्तरका सहअध्यक्ष सहितका नेताहरु पार्टीबाट निस्कासित

काठमाडौं आश्विन ३, राप्रपा नेपाल समानान्तरले पार्टीको घोषित नीति, सिद्धान्त र लक्ष्य विपरितको कार्य गरेको भन्दै केन्द्रीय समितिको बैठकले पार्टीका सहअध्यक्ष दीलविकास राजभण्डारी र नेताहरु गणेशबहादुर पाण्डे, हरिकुमार बस्नेत, अर्जुनकुमार खड्का, नवराज ढकाल, वीरेन्द्र कापरलाई पार्टीबाट निष्कासन 2072-06-03 (1)गरेको छ ।

केन्द्रीय कार्य सम्पादनको वैठक पछि राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुनसुन्दर लावतीद्दारा जारी प्रेस विज्ञप्तिमा स्व. पद्मसुन्दर लावतीको अगुवाईमा सुरु भएको राप्रपा नेपाल समानान्तरको अभियान का.वा. अध्यक्ष गणेश शेरचनको नेतृत्वमा देशव्यापी सक्रिय रहेको र पार्टी हित विपरित कार्य गर्ने व्यक्तिहरु राप्रपा नेपाल समानान्तमा रहिरहनुको कुनै औचित्य र आवश्यकता नभएको निष्कर्ष पहिचान गर्दै कारवाही गरिएको उल्लेख गरिएको छ ।

 त्यस्तै विज्ञप्तिमा असोज ३ गतेलाई कालो दिनको रुपमा स्विकार गर्दै जनताको भावना एवं अभिमत नजरअन्दाज गरेर संविधानको नाममा देश र जनतालाई विभाजित गर्ने गराउने गलत प्रयासको विपक्षमा रहेर संघर्षका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031