शुक्रबार, चैत्र १६, २०८०

राप्रपाको अध्यक्ष आफुनै रहेको राणाको स्पष्टोक्ति

काठमाडौं भाद्र २१,  राप्रपाका बहुमत केन्द्रीय सदस्यले पार्टी अध्यक्षबाट अपदस्थ गरिएको भनिएका पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपाको बैधानिक अध्यक्ष आफू नै रहेको दाबी सहित पार्टीबाट डेढ वर्षअघि नै अलग भएको लोकेन्द्रबहादुर चन्दले आफू अध्यक्ष भएको घोषणा गर्नु नौटङकीको पराकाष्ठा भएको Pashupati- Ranaबताउँनु भएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको अन्तर संवाद कार्यक्रमा बोल्दै राणाले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

  राप्रपाको विधानमा अध्यक्षको राजीनामा, मृत्यु, पागल र विशेष साधारणसभाले मात्र अध्यक्षलाई हटाउनसक्ने प्रावधान रहेकाले, चन्दको दाबी पुग्न नसक्ने हुँदा आफुनै अध्यक्ष रहेको राणाले दाबी गर्नुभएको हो ।  त्यस्तै उहाँले   लोकेन्द्रबहादुर चन्द पक्षले बहुमत रहेको गलत हल्ला र प्रचार गरेको आरोप लगाउँदै   राप्रपाको तर्फबाट सरकारमा रहेका मन्त्री सुनिलबहादुर थापालाई सरकारबाट फिर्ता बोलाउने बताउँदै अध्यक्ष राणाले यस विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइसकेको बताउनुभयो ।

स्मरण रहोस आइतवार राप्रपाका १०३ केन्द्रीय सदस्यमध्ये ६१ जना बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आइतवार लोकेन्द्र बहादुर चन्द्रलाई अध्यक्ष घोषणा गरिएको थियो ।