शनिबार, बैशाख ८, २०८१

यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार नेपाल,किलम्बू र विश्वकर्मालाई

काठमाडौ आश्विन ८ , नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ यस वर्ष कान्तिपुर दैनिकका जनक नेपाल (बाँके), ‘कान्तिपुर टेलिभिजन’का नारायण किलम्बू (भक्तपुर) र ‘शिक्षक’ मासिकका बाबुराम विश्वकर्मा (काठमाडौं)लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।  मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनोट मूल समितिको बैठकले रु ७५ हजार राशिको release 8 asoj about siksha puraskarसो पुरस्कार तीन पत्रकारलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा बैठकले पाँच विकास क्षेत्र र काठमाडौँ उपत्यकालाई एक क्षेत्र मानी छ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ पूर्वाञ्चलबाट जयकृष्ण यादव (‘गोरखापत्र’ दैनिक–सुनसरी) र छेटु शेर्पा (‘अन्नपूर्ण पोष्ट’ दैनिक– सङ्खुवासभा), मध्यमाञ्चलबाट फणि महत (‘अन्नपूर्ण पोष्ट’–रौतहट) र रामेश्वर कार्की (‘नागरिक’ दैनिक–धादिङ), उपत्यकाबाट कोकिला खड्का केसी (‘दि हिमालयन टाइम्स’) काठमाडौँ) र रोशन क्षेत्री गाउँले (‘एजुकेसन पेजेज’–काठमाडौँ), पश्चिमाञ्चलबाट गगनशिला खड्का (‘नयाँ पत्रिका’–गुल्मी) र शोभाखर पन्थी (‘दैनिक पत्र’–अर्घाखाँची), मध्यपश्चिमाञ्चलबाट धनवीर दाहाल (‘नेपाल समाचारपत्र’–रुकुम) र राजेन्द्र नाथ (‘कान्तिपुर दैनिक’–बाँके) लाई संयक्त रूपमा प्रदान गरिनुको अलावा सुदूरपश्चिमाञ्चलबाट भने निमेन्द्र शाही (‘राजधानी’ दैनिक–बाजुरा)लाई प्रदान गर्ने निर्णय भएको जनाएको छ ।

यस्तै उपत्यकासहित छ क्षेत्रका दुई र दुई पत्रकारलाई प्रदान गरिने रु १५ हजार राशिको ‘शिक्षा लेखनवृत्ति–२०७१’ पूर्वाञ्चलबाट भोलाकुमार पासवान (‘नागरिक’–सप्तरी) र वैद्यनाथ यादव (‘सप्तरी जागरण’ साप्ताहिक–सप्तरी), मध्यमाञ्चलबाट राजकुमार गोले (‘नयाँ पत्रिका’–काभ्रे), नरेन्द्र सापकोटा (‘गोरखापत्र’–मकवानपुर) र मन्दिरा थापा (‘नेपाल टेलिभिजन’–दोलखा)लाई प्रदान गरिनेछ ।

उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली (‘कारोबार’ दैनिक– काठमाडौं), पार्वता चौधरी (‘कान्तिपुर एफएम’– ललितपुर) र सइन्द्र राई (‘हिमालखबर’ पत्रिका, काठमाडौँ)लाई प्रदान गरिनेछ ।  त्यस्तै संयुक्त रूपमै पश्चिमाञ्चलबाट नवीनराज कुइँकेल (‘गोरखापत्र’–लमजुङ), कृष्ण खनाल (‘बुटवल टुडे’ दैनिक–रुपन्देही) र गोपीराम ज्ञवाली (‘गोरखापत्र’–नवलपरासी), मध्यपश्चिमबाट अर्जुन ओली (‘नागरिक’–बाँके) र हेमन्त केसी (‘रासस’–जाजरकोट)लाई प्रदान गरिएको छ भने सुदूरपश्चिमबाट मोहन विष्ट (‘रासस’–कञ्चनपुर) र रामबहादुर कुँवर (‘नागरिक’–अछाम) प्रदान हुने भएको छ ।

उपत्यकासहित छ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७१’तर्फ पूर्वाञ्चलबाट ‘गणतन्त्र एफएम’ (सुनसरी) मध्यमाञ्चल, ‘रेडियो सिन्धुलीगढी’ (सिन्धुली), उपत्यकातर्फ ‘मेरो एफएम’ (काठमाडौँ), पश्चिमाञ्चलतर्फ ‘रेडियो शालिग्राम’ (पर्वत), मध्यपश्चिमाञ्चल–थारुभाषी एफएम ‘गुर्वावा’ (बर्दिया) र सुदूरपश्चिमबाट संयुक्त रुपमा ‘टीकापुर एफएम’ (कैलाली) र ‘नयाँ नेपाल’ (दार्चुला)लाई प्रदान गरिएको छ ।

रु बीस हजार राशिको सो पुरस्कारका लागि महासङ्घको क्षेत्रीय संयोजकको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो । महासङ्घका महासचिव उजिर मगरले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु चालिस हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ पत्रपत्रिकातर्फ ‘नेपाल समाचारपत्र’ –काठमाडौँ र टेलिभिजनतर्फ ‘लुम्बिनी टेलिभिजन’ –रुपन्देहीलाई प्रदान गर्ने तय भएको जनाइएको छ ।