शनिबार, बैशाख ८, २०८१

यस्तो छ वर्ष ०७२को निजामति दिवसमा को – को भए सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारी (नामावली सहित)

काठमाडौं भाद्र २२,  निजामति दिवस २०७२ को अवसरमा विवादका कारण सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारीको पहिचान गर्न नसकेपनि उत्कृष्ट निजामती सेवा र निजामति सेवा पुरस्कार पाउने कर्मचारीको नाम भने सार्वजनिक गर्दै उनिहरुलाई पुरस्कृत समेत गरेका छन । सामान्य प्रशासन मन्त्रालयले यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० samanya-prasashanजना र निजामती सेवा पुरस्कार ३० जनालाई दिएको हो।

वर्ष २०७२ को निजामति दिवसको अवसरमा १ लाख रुपैयाँको उत्कृष्ट निजामति सेवा पुरस्कार र ५० हजार रुपैयाको निजामति सेवा पुरस्कार पाउने कर्मचारीहरू निम्नानुसार रहेका छन ।
गृह मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद ढकाल, काठमाडौंका सिडिओ एक नारायण अर्याल, सर्वोच्च अदालतका सहरजिष्ट्रार विपुल न्यौपाने, अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल, अख्तियारका सहसचिव वेगेन्द्र शर्मा पौडेल छन् । त्यस्तै सिडिई तिरेश खत्री, इन्जिनियर शिवराम यादब, उपसचिव केशब ढकाल, इन्जिनियर पोषनमान बस्नेत र कम्प्यूटर अधिकृत शिवशरण थापा मगर छन् ।

त्यस्तै ५० हजार रुपैयाँको निजामती पुरस्कार अन्र्तगत राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा उपसचिवहरु बलराम ढकाल, चन्द्र सुब्बा, तपेन्द्र खड्का, गोपाल घिमिरे, गणेश गौतम, नवराज सुवेदी, प्रेमराज गौतम, राकेश कर्ण, दीपा हमाल, टेक नारायण पौडल, रामकुमार खड्का र श्रीचन्द्र शाह छन् ।
त्यस्तै अधिकृतहरु प्रद्युम्न न्यौपाने, नारायणहरी अधिकारी, बसन्त न्यौपाने, लक्ष्मीनारायण बैद्य,बिश्वराज दाहाल अम्बिकारमण आचार्य र रितुबहादुर पुलामी छन् । नासुहरु रामशरण खड्का, भरतबहादुर नेपाली, प्रेमा जोशी, रविन्द्रकुमार नेम्वाङ, रामदेवप्रसाद चौधरी, कार्यालय सहयोगी पूर्ण बहादुर महर्जन, रामकपुर राम र हलकारा चन्द्रकुमार राई रहेका छन ।