शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ राजधानीको सैनिक मञ्चमा आयोजित ऐतिहासिक विजयसभामा शिर्ष नेताहरुको सम्बोधन

काठमाडौ आश्विन ४, नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुसियालीमा नेपाल सरकारको आयोजना र प्रमुख तीन दलले सयुक्तरुपमा विजयसभाको anup_20150921_55आयोजना गरेको छ । विजयसभामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले सम्बोधन गर्नु भएको थियो । संविधानको स्वागतमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने
राष्ट्रिय गान सहित आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो । त्यस्तैगरि कार्यक्रमको विशेष आकर्षणका रुपमा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

anup_20150921_61

आन्दोलन छाडेर वार्तामा आउन र समस्याको समाधान गर्न प्रधानमन्त्री कोइरालाको आह्वान

नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालालले २००७ सालदेखिको नेपाली जनताको चाहना आश्विन ३ गतेका दिन पुरा भएको बताउँनु भएको छ । त्यस्तै उहाँले त्यस अवसरमा बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेर, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको योगदानको उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले उहाँहरूको योगदानको स्मरण गर्दै नेपाली जनता, सभासद्, पार्टीका नेता तथा कार्यकर्ता, राष्ट्रपति, आम नागरिक समाज र दुई छिमेकी मुलुक भारत र चीनलगायत अन्तर्राष्ट्रिय समुदायलाई नेपालको संविधान जारी गर्न सहयोग गरेकामा धन्यवाद व्यक्त गर्नु भएको थियो

साथै उहाँले नयाँ संविधानले सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको र अधिकार तथा सामाजिक न्यायलाई फराकिलो पार्नुको अलावा एकता र मेलमिलापको खोजी गरेको बताउँदै संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण योगदान दिएर पनि अन्तिम समयमा बाहिरिएका तराई मधेस, थारु एवम् अन्य समुदायलाई आन्दोलन छाडेर वार्तामा आउन र समस्याको समाधान गर्न आह्वान समेत गर्नुभएको छ ।

विकासका सपना र आकाङ्क्षालाई संविधानको कार्यान्वयनमार्फत पूरा गर्दै जाने अध्यक्ष ओली प्रतिवद्धता

कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनताका हक अधिकार ऐनाजस्तै छर्लङ्ग भएको बताउँदै मुलुकलाई समृद्धिको मार्गमा लैजान संविधान बनाउन खोज्दा आएका अनेक प्रकारका बाधा अड्चनलाई पन्छाउँदै र नाघ्दै संविधानसभा संविधान जारी गर्न सफल भएको छ । त्यस्तै उहाँले अव जनताका विकासका सपना र आकाङ्क्षालाई संविधानको कार्यान्वयनमार्फत पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै संविधान जारीसँगै अब हामी वास्तविक रूपमा सार्वभौम जनता भएको अभिव्यक्ति दिनु भएको छ ।

त्यस अवसरमा उहाँले लोकतान्त्रिक आन्दोलनका क्रममा पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजाप्रसाद कोइरालालगायतको योगदानको स्मरण गर्दै उहाँले नयाँ संविधान लोकतान्त्रिक संविधान हो भएको जिकिर समेत गर्नु भएको थियो । सम्बोधनकै क्रममा अध्यक्ष ओलीले संविधानमा देखिएका असन्तुष्टिलाई वार्ताबाट सम्बोधन गर्न सकिने बताउँदै उहाँले असन्तुष्ट पक्षलाई वार्तामा आउँन आग्रह गर्दै “तराई र थारु क्षेत्रका कुनै समस्या वा माग भए बसेर छलफल गरी संविधान संशोधन गरेर जान सकिने बताउँनु भएको थियो ।

anup_20150921_49१२ बुँदे सहमति अहिले संस्थागत भएको छ :अध्यक्ष प्रचण्ड

 त्यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको युग प्रारम्भ भएको बताउनुभएको छ । नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानासभामार्फत घोषणा भएको संविधानले ऐतिहासिक युग प्रारम्भ भएको बताउनुभएको हो । साथै उहाँले तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादीका) बीच भएको १२ बुँदे सहमति अहिले संस्थागत भएको बताउँदै संविधानसभाबाट बनेको संविधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उहाँले नेपाली जनताको एकता र सबै पक्षको सहयोगका आधारमा मात्रै सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । सम्बोधनकै क्रममा उहाँले अहिले केही राजनीतिक दल र समुदायले संविधानप्रति असन्तुष्टि व्यक्त गरिरहेको भए पनि त्यसलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिने विस्वास व्यक्त गर्दै असन्तुष्ट पक्षलाई तत्काल वार्तामा आउन आग्रह गर्नु भएको छ ।