शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ प्रम कोइरालाले बकर इदको अवसरमा दिनुभएको शुभकामना

काठमाडौ आाश्विन ८, प्रधानमन्त्री सुशील कोइरालाले इस्लाम धर्मावलम्बीको महान पर्व बकर इद (इद–उल–जोहा) को अवसरमा स्वदेश तथा विदेशमा susil-koirala-430x300रहनुभएका समस्त मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । त्यस्तै सन्देशमा मुस्लिम समुदायलगायत समस्त नेपालीहरूको बीचमा बन्धुत्व, एकता, हार्दिकता विकसित गरी धार्मिक सहिष्णुता ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्र्दै प्रधानमन्त्री कोइरालाले भौगोलिक, जलवायु र जैविक विविधतायुक्त नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै हरेक जातजातिको आ–आफ्ना मौलिक भेषभूषा, रहनसहन र संस्कृतिका नेपालीबीच एकताले मुलुक सबल र सुदृढ हुँदै जाने उल्लेख गर्नुभएको छ ।

त्यस्तै संविधानसभाबाट नयाँ संविधान जारी भएर समस्त नेपाली नागरिक हक अधिकारले सम्पन्न भएको यस घडीमा मुस्लिम समुदायलगायत सम्पूर्ण नेपालीबाट यसको सफल कार्यान्वयनमा पूर्ण सहयोग पाउने आशा राखेको छु भन्दै प्रधानमन्त्रीले संविधानले नेपालीहरूलाई एकताबद्ध राख्दै नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता, समुन्नतिका साथै जनताको सुख, शान्ति र समृद्धिलाई निरन्तर सघाउने बलियो आधार हुने सन्देशमा विश्वास व्यक्त गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031