शुक्रबार, चैत्र १६, २०८०

यसरी टर्यो बैधानिक संकटको घेरामा रुमलिएको काँग्रेस महाधिवेशन

काठमाडौं आश्विन ३, संवैधानिक संकटको वावजुद पनि तोकिएको मितिभन्दा पर धकेलिएको काँग्रेसको १३औँ महाधिवेशनले नयाँ संविधान जारीभएसंगै वैधानिक संकटको घेराबाट टरेको छ । नयाँ संविधानमा ६ महिना म्याद थप्न गर्ने सक्ने व्यवस्था कायम गरेसंगै वैधानिक संकटबाट काँग्रेसले मुक्ति पाएको हो ।
एकातर्फ काँग्रेसको १२ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष व्यतित भइसकेको र अर्को तर्फ नयाँ महाधिवेशन सम्पन्न् गर्न नसक्दा काँग्रेस बैधानिक nc flageसंकटको घेरामा  रुमलिदै आएको थियो ।

 त्यसोत काँग्रेसले १३औँ महाधिवेशन आश्विन २ देखि ५ गतेसम्म गर्ने मिति तय गरेको छ । तर संविधान निर्माण कार्यको व्यस्तताले सो अवधिमा महाधिवेशन सम्भव नभए नयाँ संविधानमा वा अन्तरिम संविधान, २०६३ मा भए पनि बाधा अड्काउ फुकाउको व्यवस्था गर्नुपर्ने काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले यसअघिनै जानकारी दिनु भएको थियो । अन्तरिम संविधान बमोजिम कुनै पनि पार्टीले प्रत्येक पाँच वर्षमा नयाँ निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यहि विधानत व्यवस्था भएअनुसार काँग्रेसको वर्तमान केन्द्रीय समितिको समयावधि पनि आगामी असोज ५ गते समाप्त हुँदैछ ।

यद्यपी नयाँ संविधानका कारण वैधानिक संकटको घेराबाट  पार पाएको काँग्रेसले गत भाद्र १५ गते बसेको केन्द्रीय समितिको बैठकबाट संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनुपरेको विशेष परिस्थितिका कारण कांग्रेसको गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने निर्णय गर्दै अधिवेशनसम्बन्धी कार्यक्रम केन्द्रीय कार्य समितिको बैठकले पछि निर्णय गरेबमोजिम हुने नितिगत निर्णय गरिसकेको अवस्था विद्यमान रहेको छ ।

यसैवीच नयाँ संविधान ६ महिना म्याद थप्न सक्ने प्रावधानको धरातलमा टेक्दै शनिवार बसेको कांग्रेसको अनौपचारिक बैठकले ६ महिना म्याद थप्ने निर्णयगर्नुका् अवाला केन्द्र, जिल्ला तथा स्थानीय समितिको म्याद थप्ने निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।  यसैवीच पार्टीको महाधिवेशन माघ या फागुन हुन सक्ने सम्वद्ध श्रोतले जनाउँनुको अलावा प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला उपचारको फलोअपका लागि अमेरिकाबाट फर्के लगत्तै महाधिवेशन मिति तोक्ने तयारी भइरहेको जनाएको छ ।