शुक्रबार, चैत्र १६, २०८०

महिला सशक्तीकरणको आवाजलाई राजनीतिक तहमा स्थापित गर्नुपर्नेमा मन्त्री रिजालको जोड

काठमाडौं  भाद्र  २१, सञ्चारिका समूहको १९औँ वार्षिकोत्सव तथा छैठौं महाधिवेशनको उद्घाटन गर्दै सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले महिला सशक्तीकरणको आवाजलाई राजनीतिक तहमा स्थापित गर्नुपर्ने बताउनु भएको छ ।

sancarmantriत्यस्तै कार्यक्रममा मन्त्री रिजालले सञ्चारिका समानता पुरस्कार ‘बलात्कारी उम्काउने कानुनी छिद्र’ आलेखका लागि हिमाल साप्ताहिकका मीना शर्मा र तूफान न्यौपानेलाई संयुक्त रुपमा र स्व ‘उमा सिंह पत्रकारिता पुरस्कार’ पत्रकार लक्ष्मी दर्नाल तथा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ रेडियो नेपालका शोभा भट्टराई र तराई टेलिभिजनका प्रियङ्का पाण्डेलाई प्रदान गरियो ।
गर्नु भएको थियो ।  त्यस्तै गरि कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु बन्दना राणा, बबिता बस्नेत र प्रेमकुमारी पन्त तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झालाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधान, सूचना आयोगका आयुक्त तिम्सना, मेलमिलाप आयोगका सदस्य मञ्जला झा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, रेडियो प्रसारक सङ्घका अध्यक्ष गोपाल झा, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, क्रियाशील पत्रकार महिलाका अध्यक्ष शुभेच्छा विन्दु तुलाधरलगायतले कार्यक्रमको औपचारिसत्रको सफलताको कामना गर्नुभएको थियो ।