शनिबार, बैशाख ८, २०८१

मन्त्री केसीको संयोजकत्वमा बालदिवस मूल समारोह समिति गठन

पुनःनिर्माण र संविधानः बालअधिकारको संरक्षण हाम्रो अभियान’ भन्ने मुलमर्मलाइ आत्मासात गर्दै राष्ट्रिय बाल दिवस मनाईने

काठमाडौ भाद्र १८ , पुनःनिर्माण र संविधानः बालअधिकारको संरक्षण हाम्रो अभियान’ भन्ने मुल ममै सहित यसवर्षको राष्ट्रिय बाल दिवस भव्यरूपमा मनाउँने baldiwasभएको छ । आगामी भाद्र २९ गते राष्ट्रव्यापी रुपमा भव्यरूपमा मनाउँन आज महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नीलम केसीको संयोजकत्वमा १०६ सदस्यीय राष्ट्रिय बाल दिवस २०७२, मूल समारोह समिति २०७२ गठन गरिएको छ ।
यसैक्रममा बालअधिकारको संरक्षणमा सहयोग पु¥याउन आम बालवालिको उज्जवल भविष्यका लागि मन्त्रालयले बालअधिकार संरक्षण तथा सम्बद्र्धनसँग सम्बन्धित जनचेतनामूलक सन्देश, विविध सामग्री, लेख, रचना, श्रव्य–दृश्य, वार्तालाप आदि निर्माण÷उत्पादन, प्रसारण÷प्रकाशन गरी सहयोग गर्न आम सरोकारवाला निकाय एवम् सञ्चार माध्यमसँगसंग माध्यमलाइ समेत आग्रह गरेको छ ।  फोटो साभार :au.eznepal.com