शुक्रबार, बैशाख ७, २०८१

मधेस आन्दोलन मधेसी जनतावीच गरिएको भ्रामक खेतीको उपज : श्रीप्रसाद साह

 काठमाडौं आश्विन ९, एमाले बर्र्दिबास नगर कमिटीद्दारा आज महोत्तरीको बर्दिवासमा   आज आयोजना गरेको वर्तमान अवस्थामा मधेसको download (12)सम्बोधन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य श्रीप्रसाद साहले मधेसमा जारी गतिरोध चाँडै समाधान हुँने बताउँदै अङ्गीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने कुरा सीमामा नाकाबन्दी गरेर कुनै हालतमा पूरा नहुने बताउँनुभएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा मधेसमा जारी आन्दोलन केहि मधेसवादी दलका नेताहरुले फिजाएको भ्रामक परिस्थितीको उपजमात्र भएको र जारी संविधानमा मधेसका् मुद्धा सम्बोधन भएको सवालमा त्यहाँका जनतामाझ भ्रमको खेती गरि आफ्नो अभिष्ट पूरा गर्ने फिँजाइएको नकारात्मक प्रचारलाइ चिनुपर्नेमा जोड दिनु भएको छ ।  साथै उहाँले मधेसी जनतालाइ गुमराहमा राख्दै मधेसीदलका नेताहरुले गरिएको प्रचार लाइ नामेट गर्नुे हो भने मधेसमा जारी गतिरोध तत्काल समाधान हुँने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।