शनिबार, बैशाख ८, २०८१

मधेसी मोर्चाले सप्तरी काँग्रेसको कार्यालय फोडे

काठमाडौं भाद्र २४,  प्रस्तावित मुलुकका सीमाङ्कन प्रति असहमति जनाउँदै विगत ३ साता भन्दा अगाडि देखि आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज राजविराजस्थित datनेपाली काँग्रेसको जिल्ला  पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

हजारौँको सङ्ख्यामा आएका आन्दोलनकारीले कार्यालयमा रहेका फर्निचर, कागजपत्र, कार्यालयका झ्यालढोकासमेत तोडफोड गरेको समाचारमा उल्लेख गरिएको छ । त्यस्तै आन्दोलनरत मोर्चाले गए राति जिल्ला वन कार्यालय र जिल्ला पशु सेवा कार्यालयमासमेत आगजनी गरी क्षति पु-याएको समाचारमा जनाइएको छ ।