बिहिबार, चैत्र १५, २०८०

मधेसी मोर्चाद्दारा आन्दोलनको स्वरुप परिवर्तन असहयोग आन्दोलन थाल्ने निर्णय

काठमाडौं आश्विन १३ , संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आज रौतहटको गौरमा सरकारसंगको वार्ताको लागि साझा धारणा बनाउँन भन्दै बसेको बैठकले 12049689_1110647738946053_6537326902692551253_nअबदेखि असहयोग आन्दोलन थाल्ने निर्णय गरेको छ ।  बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादवद्वारा जारी संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण, अहिंसात्मक र असहयोग आन्दोलन अन्र्तगत तराई मधेसमा रहेका सरकारी कार्यालय, कर कार्यालय, वित्तीय संस्थालगायतका राजस्व बुझाउनुपर्ने निकायमा राजस्व नबुझाउने निर्णय गरिएको उल्लेख छ ।
त्यस्तै हालै राज्य वा राज्यद्वारा प्रायोजित निकायहरुले बन्द गरेको हिन्दी प्रसारण सेवालाई खुला गर्न पनि माग समेत गरिएको छ ।