बिहिबार, बैशाख १३, २०८१

भुकम्प पीडितको लागि कृषि तालिम

काठमाडौं भाद्र ३१,  ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लिमिटेड (जि.सि.आई.) ले गत वैशाख १२ र २९ गते गएको विनाशकारी महाभुकम्पले गर्दा विस्थापित Photo-(2) Photo-(4) Photo-82सिन्धुपाल्चोक जिल्लाको बतासे, सेलाङ्ग, पाङताङ र खास्रो गा.वि.स. का १५ जना कृषकलाई दुई दिने व्यवसायिक कृषि तालिम दिएको
जि.सि.आई. को आफ्नै नमुना अर्गानिक फार्म आयुमी हिमालयन एग्रोमा सञ्चालन भएको उक्त तालिममा कृषकहरुलाई व्यावसायिक प्राङ्गारिक तरकारी खेती प्रविधि सम्बन्धि सैद्घान्तिक पक्षका साथसाथै व्यवहारिक तथा प्रयोगात्मक प्रशिक्षण दिईएको थियो ।

त्यस्तै तालिममा जसमा बेमोसमी प्राङ्गारिक तरकारी खेतीको परिचय, फाईदा तथा महत्व, मापदण्ड, प्राङ्गारिक तरकारी खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु, स्थल छनौट, बीउ, नर्सरी व्यवस्थापन, मलखाद तथा वाली विरुवालाई चाहिने आवश्यक खाद्यतत्वहरु र मलखादको व्यवस्थापन, आई.पि. एग्रो लिक्वीडद्घारा गुणस्तरीय प्राङ्गारिक कम्पोष्ट मल बनाउने प्रविधिका कुराहरुलाई सैद्घान्तिक पक्षका साथै कृषकको प्रत्यक्ष सहभागीतामा प्रयोगात्मक क्रियाकलापहरु जि.सि.आई.को आफ्नो नमुना अर्गानिक फार्ममा गराइएको थियो । साथै जि.सि.आई. को मुख्य लक्ष्य कृषिमा समृद्घ प्राङ्गारिक राष्ट्र नेपाल अनुरुप नै कृषकहरुले उत्पादन गरेको प्राङ्गारिक कृषि उपजको बजार व्यवस्थापन सम्बन्धि पनि उक्त तालिममा जानकारी गराइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा तालिममा सहभागी केहि कृषकले भविष्य नै कृषि पेशा भएकोले यस तालिमबाट सिकेको सीप आफ्नो गाउँमा लगेर देखाउने बताउँदै सहभागी कृषक टोली नेता नेत्र बहादुर थापाले भने कृषि तालिम हाम्रो लागि ठूलो अवसर हो अब के गर्ने र कसो गरेर जिविका चलाउने होला भनेर सोचिरहेको बेला यो तालिम हाम्रो सिन्धुपाल्चोकको लागि ठूलो अवसरको रुपमा आएको बताए । त्यसैगरी जि.सि.आई.का कृषि प्राविधिक गणेश दत्त जोशीले सिन्धुपाल्चोकका कृषकको जिवनस्तर उकास्नका लागि कृषि व्यवसाय नै उद्यम भएको र सोहि स्वःस्फर्त भई प्राङ्गारिक तरकारी खेती सम्बन्धि तालिममा सहभागी भएका हुनाले केहि गर्छु भन्ने भावना सभहभागीहरुको रहेको बताउँनु भएको उल्लेख रहेको छ ।