बिहिबार, बैशाख १३, २०८१

बाल अधिकारलाई सुनिश्चित गर्न आवश्यक कार्ययोजना सहित अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

आज विभिन्न कार्यक्रम सहित देशभर राष्ट्रिय बाल दिवस मनाईँदै

काठमाडौ भाद्र २९   ‘पुनः निर्माण र नयाँ संविधान, बालअधिकारको संरक्षणको हाम्रो अभियान’ भन्ने नाराका साथ आज देशभर राष्ट्रिय बाल दिवस मनाईँदै छ ।
बाल दिवसकै अवसरमा सरकारले आज राजधानीको लैनचौरस्थित समाज कल्याण मन्त्रालयमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण baladhikar1मन्त्री निलम केसीले बाल अधिकारलाई सुनिश्चित गर्नका लागि सरकारको नीति तथा कार्यक्रमलाई समयानुकुल परिमार्जन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा मन्त्री केसीले गत बैशाख १२ गतेको महाभूकम्पको कारण बालबालिकामा परेको भौतिक तथा मनोबैज्ञानिक असर कम गर्नका लागि सरकारले विशेष कार्यक्रम सन्चालन गरिरहेको समेत जानकारी दिनु भएको उल्लेख गरिएको छ ।  साथै कार्यक्रममा यसवर्षको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका ४ जना छात्र छात्रालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो  यसरी सम्मानित हुँनेमा कालीमाटीस्थित ज्ञानोदय उच्च माविका छात्रा जुमा विष्ट र छात्रतर्फ विमल कुमार दनुवार रहेका छनभने । वि संस्थागत विद्यालयतर्फ नेशनल युनाईटेड स्कुल हात्तीगौडा काठमाडौंका खेती रावल र बौद्धस्थित गाङ्चेन सामलिङ स्कुलका सम्झना शाही रहेका छन।