शुक्रबार, चैत्र १६, २०८०

प्राडा केसी र सरकारवीच भएको सहमति अनुरुप चिकित्साशास्त्र शिक्षा आयोग गठन प्रस्ताव समाजिक समिति

मन्त्रिपरिषद्को बैठक : 
काठमाडौ भाद्र २१,  मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रा डा गोविन्द केसीसँगको गत शनिवार राती भएको ११ बुँदे सहमतिको कार्यान्वयनका क्रममा चिकित्साशास्त्र शिक्षा आयोग गठन आदेशसम्बन्धी प्रस्तावलाई परिषद्को सामाजिक समितिमा पठाउने निर्णय गरेको छ ।  सरकारका तर्फबाट राष्ट्रिय योजना images (12)आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र मुख्य सचिव डा सोमलाल सुवेदीले अनशनरत डा केसीसँग सहमति गर्नुभएको थियो ।

त्यस्तै बैठकले सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले बैठकपछि दिनुभएको जानकारीअनुसार बैठकले पाटन परनरावेदन अदालतका न्यायाधिसत्रय सुषमालता माथेमालाई काठमाडाँै, पोखराका सत्यराज गुरुङलाई पोखरा तथा नेपालगन्जका यज्ञप्रसाद बस्याललाई नेपालगन्जमा राजस्व न्यायाधीकरणमा तोकेको पनि सूचना तथा सञ्चारमन्त्री रिजालले जानकारी दिनुभएको छ । त्यस्तै गरि बैठकले नागरिक लगानी कोषका अध्यक्षमा अर्थ मन्त्रालयका सचिव राजन खनाललाई जिम्मेवारी दिएको तोकेको छ । आजै निजामती सेवा दिवसमा दिइने पुरस्कारबारे निर्णय पनि गरिएको छ ।

त्यस्तै बैठकले समाजकल्याण परिषद्का सदस्य छत्रनाथ घिमिरेले दिएको राजीनामा स्वीकृत गरी रिक्त पदमा मधुकुमार चालिसेलाई नियुक्त गरेको छ । नेपाली सेनाका केही उपरथीको सरुवा गर्ने निर्णयको अलावा कमलशाली घिमिरे तथा महेश शर्मा पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी पदस्थापन गरेको छ । घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शर्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको जानकारी दिनु भएको छ ।