बुधबार, बैशाख १२, २०८१

प्रम कोइराला र तमलोपाका अध्यक्ष ठाकुरबीच छलफल

सीमाङ्कन, समानुपातिक, समावेशीता जस्ता मोर्चाले उठाएका मुद्दामा मार्गचित्रसहित प्रस्तुत हुन अध्यक्ष ठाकुरको जनाउँ

काठमाडौ आश्विन ५,  प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बिजुली बजारस्थित तमलोपाको केन्द्रीय sushil_mahantaकार्यालयमा आज मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल भएको छ । उहाँहरुवीचको भएको छलफलमा प्रधानमन्त्री कोइरालाले जारी सम्पूर्ण आन्दोलनलाई स्थगन गर्दै वार्ता र छलफलको माध्यमबाटै समस्याको समाधानतर्फ उन्मुख हुँदै मुलुकलाई समृद्धिको मार्गमा अगासड बढाउँन आग्रह गर्नुभएको थियो ।

त्यस्तै प्रम कोइरालाको यस्तो आग्रह पछि अध्यक्ष ठाकुरले सरकार स्वयम वार्ता प्रति उदासिन रहेको भन्दै अव सरकारले सीमाङ्कन, समानुपातिक, समावेशीता जस्ता मोर्चाले उठाएका मुद्दामा मार्गचित्रसहित वार्ताका लागि अग्रसर भए वार्ताको वातावरण बन्न सक्ने जनाउँ दिनु भएको बुझिएको छ ।