शुक्रबार, बैशाख ७, २०८१

प्रम कोइरालासंगको टेलिफोन वार्तामा तमलोपा अध्यक्ष ठाकुरले भने- वार्ताको लागि सकारात्मक छु

प्रम कोइराला र आन्दोलनरत आदिवासी–जनजाति बृहत् संयुक्त सङ्घर्ष समिति वीच पनि भेटवार्ता

काठमाडौ भाद्र १६ , प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मङ्गलबार बेलुका टेलिफोन वार्ता भएको छ । susil-koirala-430x300 download (8)उहाँहरुवीचको वार्तामा मुलुकको वर्तमान राजनैतिक तरलता र संविधान निर्माणका सम्बन्धमा केन्द्रीत रहेको बताउँदै प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले  वार्तामा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणलगायतका सबै राजनीतिक विषयमा संवादबाट समाधान खोज्न सकिने भएकाले औपचारिक रुपमा वार्तामा बस्न आग्रह गर्नुभएको जनाएको छ ।  त्यस्तै प्रम कोइरालालको आग्रको प्रतिउत्तर दिदै तमलोपा अध्यक्ष ठाकुरले औपचारिक वार्ताप्रति आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिनुभएको बताइएको छ ।

यसवीच संविधान निर्माणको क्रममा असन्तुष्टि प्रकट गर्दै प्रस्तावित संविधान ०७२ थप अधिकारको माग सहित आन्दोलनरत आदिवासी–जनजाति बृहत् संयुक्त सङ्घर्ष समितिका प्रतिनिधि र प्रधानमन्त्री सुशील कोइरालावीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेट वार्ताको क्रममा प्रधानमन्त्री कोइरालाले सङ्घर्ष समितिका प्रतिनिधिलाइ अधिकारको नाममा हिंसात्मक आन्दोलनमा नजान आग्रह गर्दै कुनै पनि समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ताका माध्यमबाट गर्न सकिने बताउँनु भएको छ । त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले यसवीचमा कैलाली, पर्सा, बारालगायतका जिल्लामा भएको जनधनको क्षति निकै दुःखद प्रकट गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

विगतमा भएका सम्झौता र समझदारी पालना भए वार्ता :  अध्यक्ष ठाकुर

यसैवीच तमलोपाका अध्यक्ष ठाकुरले आजै रिपोर्टर्स क्लब नेपालले बुझाएको  ज्ञापनपत्र बुझ्दै विगतमा भएका सम्झौता र समझदारी पालना सहित तराईका विभिन्न स्थानमा परिचालन गरिएका सुरक्षा निकाय र निषेधाज्ञा फिर्ता भई, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र घाइतेको निःशुल्क उपचार तथा मृतक परिवारलाई राहत दिने प्रतिबद्धता सरकारका तर्फबाट अभिव्यक्त भएको अवस्थामा सहज वातावरण बन्ने र त्यस पछि वार्तामा बस्न सकिने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031