बिहिबार, बैशाख १३, २०८१

प्रम कोइरालाले सभासद् पासवानलाइ पत्र लेख्दै भने-अनसन तोड्नुस

काठमाडौ भाद्र २८, प्रधानमन्त्री सुशील कोइरालाले पिछडा वर्गको हक अधिकारको माग गर्दै आमरण अनसनमा बस्नुभएका बहुजन शक्ति पार्टीका सभासद् विश्वेन्द्र पासवानलाई अनसन तोड्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले पत्र लेख्द आइतवार सभासद् पासवानलाई अनसन तोड्न आग्रह गर्नुभएको download (5)उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनु भएको छ ।

  संयोजक अधिकारीका अनुसार प्रधानमन्त्रीले सभासद् पासवानलाई पठाउनुभएको पत्रमा तपाइँको माग अहिलेको संविधानमा पुरा भइसकेको छ, अरु कुरापछि पनि मिलाउन सकिन्छ, आजको बैठकमा मैले तपाइँले उठाएको विषय सम्बोधन गरेको वानकारी गराउँदै प्रस्तुत माग उपर नेकपा (एमाले) र एमाओवादीले पनि प्रतिवद्धता जनाइसकेको व्यहोरा उल्लेख गरिएको छ ।