बिहिबार, बैशाख ६, २०८१

प्रमुख तीन दलद्वारा ७५ बुँदे दफागत साझा संशोधन प्रस्ताव दर्ता 

काठमाडौ भाद्र १९,   नेपालको संविधानको परिमार्जित विधेयकमाथि प्रमुख तीन दलले साझा संशोधन प्रस्ताव दर्ता गराएका छन् । काँग्रेस, एमाले र एमाओवादीवीच यस अघि भएको सहमति अनुरुप संविधानसभा सचिवालयमा आज साँझ साझ ७५ वटा दफागत विषयमा संशोधन प्रस्ताव दर्ता गरेको बताइएको Sambidhanछ ।

जस अनुसार धर्म निरेपक्षताको हकमा भने व्याख्यात्मक रुपमा सनातनकालदेखि मान्दै आएको धर्म भनेर उल्लेख गर्ने मधेसी, आदिवासी जनजाति, मुस्लिम र थारु समुदायको साझा सरोकार विषय स्थापित गर्न बेग्लाबेग्लै आयोग गठन गर्ने, सर्वोच्च अदालतभित्रै संवैधानिक इजलासको व्यवस्था गर्ने , नयाँ संविधानमा थ्रेस होल्ड नराख्ने । सिमाङकन निर्धारणका लागि सङ्घीय आयोग गठन गर्ने र वाग्लुङलाई अभिभाज्य जिल्लाका रुपमा स्वीकार गर्दै त्यसलाई चार नम्बर प्रदेशमा समावेश गर्ने लगायतका दफगत बुँदा रहेको बताइएको छ ।