शुक्रबार, चैत्र १६, २०८०

प्रमुख तीनदलले परिमार्जित विधेयकमा साझा संशोधन प्रस्ताव दर्ता गराउने

 गच्छेदारको नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाद्दारा सविधानसभाका सबै प्रक्रियाबाट अलग रहने घोषणा

काठमाडौ भाद्र १९ प्रमुख तीन राजनीतिक दलको सिंहदरबारमा आज बसेको बैठकले नेपालको संविधान, २०७२ माथि संयुक्तरुपमा संशोधन प्रस्ताव दर्ता गराउने Koirala-Oli-Prachanda-2भएका छन् । संविधानको मस्यौदामा बहु चर्चित धर्म निरेपक्षताको हकमा भने व्याख्यात्मक रुपमा सनातनकालदेखि मान्दै आएको धर्म भनेर उल्लेख गर्ने सहमति भएको जानकारी बैठकपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले दिनु भएको छ ।

त्यस्तै प्रमुख दलबीच गत ज्येष्ठ २५ गते भएको १६ बुँदे सहमतिमा छुट्टै संवैधानिक अदालत राख्ने सहमति भए अनुरुप संवैधानिक अदालतको सट्टामा सर्वोच्च अदालतमा नै संवैधानिक बेन्च राखिने भएको छ भने प्रमुख दलबीच गत ज्येष्ठ २५ गते भएको १६ बुँदे सहमतिमा छुट्टै संवैधानिक अदालत राख्ने सहमति हुनुको अवाला सङ्घीय आयोग गठन गर्ने र जनजाति, मुस्लिम, मधेसी, थारु आयोग गठन गर्ने पनि सहमति भएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, नेता नेपाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।

यसैवीच प्रमुख चार दल मध्ये मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छेदारको नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ ।  यस अघि प्रम निवासमा आजै भएको चार दलको बैठकमा सहमतिमा संशोधन प्रस्ताव अन्र्तगत प्याकेजमानै संशोधनको प्रस्ताव दर्ता गर्ने सहमति भएको जनाउ दिदै बाहिरिएका गच्छेदारले भने परिमार्जित विधेयक, २०७२ माथि प्रस्तुत गरेको संशोधनले विद्यमान द्वन्द्व समाधान नगर्ने निष्कर्षसहित मोर्चा संविधानसभाका प्रक्रियाबाट भएको घोषणा गरेको छ ।