बिहिबार, बैशाख १३, २०८१

प्रमुख चार दल बैठक : साझा संशोधन प्रस्ताव तयार गर्न कार्यदललाई जिम्मेवारी

काठमाडौ भाद्र १८,  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको शीर्ष नेताको बैठकमा नेताहरुवीच संविधानको परिमार्जित विधेयक २०७२ मा साझा प्रस्ताव राख्ने लक्ष्य अनुरुपको सहमति बनाउँन छलफल भएको छ ।
sushil-kp-prachanda-bijayaबैठकपछि काँग्रेसका उपसभापति पौडेलले कार्यदलले परिमार्जित विधेयकमा नमिलेका भाषालाई मिलाउने लगायतका विषयमा छलफल भएको जानकारी दिनु भएको छ ।
त्यस्तै बैठकले दलका तर्फबाट संशोधन साझा प्रस्ताव तयार गर्न काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका उपाध्यक्ष भीम रावल, एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का नेता जीतेन्द्रनारायण देव रहेको कार्यदललाई जिम्मेवारी दिएको बुझिएको छ ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका प्रमुख चार राजनीतिक दलका नेता एवम् संसदीय दलका प्रमुख सचेतकहरू सहभागी हुनुहुन्थ्यो ।