शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री कोइराला र एमाओवादी नेतृत्ववीच भेटवार्ता

प्रम कोइरालाले भने- आफू वार्ता विरोधी नभएको भन्दै असन्तुष्टहरुसँग वार्ताको तयारी भइरहेको छ

काठमाडौ भाद्र १७, प्रधानमन्त्री सुशील कोइरालाले वार्ता र सहकार्यबाटै आफू अघि बढ्न चाहेको बताएका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र डा। download (5)prachanda_baburam_shirsha-358x250बाबुराम भट्टराईलगायतका नेतासँग बिहीबार आफ्नै प्रम निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले आफू वार्ता विरोधी नभएको भन्दै असन्तुष्टहरुसँग वार्ताको तयारी भइरहेको जानकारी गराउँनु भएको हो ।

त्यस्तै वार्ताको क्रममा प्रम कोइरालाले संविधान जारी गर्न वार्ता, सहकार्य र मेलमिलापको विकल्प नभएको भन्दै असन्तुष्ट समूहहरुसँग वार्ताको वातावरण बनाउने भूमिका निर्वाह गर्न नेताहरुलाई आग्रह गर्नु भएको थियो ।  प्रम संगको भेटपछि एमाओवादीका नेता डा। बाबुराम भट्टराईले असन्तुष्ट दलहरुसँग वार्ताको वातावरण बनाएर अगाडि बढ्न आफूहरुले प्रमलाई सुझाव दिएको जनाउँ दिदै संविधान निर्माणको क्रमा असन्तुष्टि प्रकठ गर्दै आइरहेका सविधान सभा धित्र र वाहिरका दलहरु सँग आफूहरुले गरेको अनौपचारिक वार्ताका विषयमा समेत कोइरालालाई जानकारी दिनु भएको थियो ।