शनिबार, बैशाख ८, २०८१

प्रदर्शनकारी र प्रहरीबिच दोहरोझडप पछि सिरहा पनि दंगाग्रस्त क्षेत्र घोषणा

काठमाडौं भाद्र २४, प्रदर्शनकारी र प्रहरी बिच झडपपछि स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले सिरहा जिल्लाको राजमार्ग क्षेत्रमा बिहीबार दिउसो २ बजे देखि लागु हुने downloadगरी अर्को आदेश नहुन्जेलसम्का लागि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जिल्लाको पूर्वी सिमाना बलान खोलादेखि पश्चिममा कमला नदिसम्म पूर्व पश्चिम राजमार्ग दायाँ बायाँ पाँच सय मिटर आसपासको क्षेत्र र सदरमुकाम लच्का पुलसम्मको सहायक मार्गमा समेतमा दंगाग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिदै सिरहामा सेना परिचालन गरिएको जानकारी दिएका छन ।  यसैबिच लहानमा प्रदर्शनकारीहरुले बजार क्षेत्रका विभिन्न ठाउमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।