बिहिबार, बैशाख १३, २०८१

पेट्रोलियम पदार्थको मूल्य घट्यो ,खाना पकाउने ग्यासको मूल्य १४००

काठमाडौ भाद्र १५,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ । आजदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा, डिजेल र images (13)मट्टितेलमा रु दुई तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु ३५ घटाइएको निगमले जनाएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलि रु १०६ र ५० पैसा तथा डिजेल र मट्टितेलको प्रतिलि रु ८४ थियो । खाना पकाउने ग्यासको मूल्य यसअघि रु १४३५ भएकोमा अब रु एक हजार ४०० हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।