शुक्रबार, चैत्र १६, २०८०

पूर्व सभासद बबन सिंहको पत्रकार मार्ने धम्कीको युनिनियनद्दारा भत्र्सना

नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यम उपर हुने कुनै पनि घटनाको राष्ट्रिय र अन्तराष्ट्रियकरण समेत गरि कार्वाहीको दायरामाbabanshing1

ल्याउन वाध्य हुने युनिनियनको चेतावनी

काठमाडौं  भाद्र २९,  मधेश समाजबादी फोरमका केन्द्रिय सदस्य एबम पूर्ब सभासद बबन सिहले २०७२ भदौ २८ गते रौतहट सदरमुकाम गौरस्थित कोहिनुर baban-singh's-threat-to journalist-realese-2072-5-29एफएममा अन्तर्बाता दिने क्रममा नेपाल प्रेस युनियनका पार्सद् एवं कान्तिपुरका जिल्ला सम्वाददाता शिव पुरी, नागरिक दैनिकका मदन ठाकुर र एभीन्यूज टिभीका गौतम श्रेष्ठ उपर अनावश्यक लान्छना लाउँदै जिउँदै जलाएर मार्ने धम्कि दिएकोप्रति नेपाल प्रेस युनियन अत्यन्तै गम्भिर भएको जनाएको छ ।

आईतबार रौतहटको सदरमुकाम गौरमा निषेधाज्ञाको समयमा निषेधित क्षेत्र गौरकै कबिर चोकमा प्रबेश गर्न खोज्दा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरीबीच भएको झडपको समाचार प्रकाशित गरेको विषयलाई लिएर सिंहले सार्बजनिक सञ्चार माध्यमको प्रयोग गरि सञ्चारकर्मीलाई जिउँदै जलाएर मार्ने धम्कि दिएकोमा नेपाल प्रेस युनियनले पूर्ब सभासद सिहको प्रस्तुत अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेको छ ।

यसैगरि संविधानसभाको बैठकले हिन्दु राष्ट्रसहितको संविधान पारित नगरेको आक्रोशमा सडकमा उत्रेका प्रदर्शनकारीले हानेको ढुङ्गा लागी फोटोपत्रकार अशोक मर्हजन घाईते भइ उनको क्यामरा, लेन्स समेत फुटेको छ भने प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा प्रहरीले हानेको पानीको फोहोरा लागि एएफपी र थोमसन रोर्यटसका फोटोपत्रकारहरु प्रकाश माथेमा र नभेष चित्रकारको क्यामरामा क्षति पुगेको तथा गोरखापत्रका फोटोपत्रकार विकास द्वारे घाईते भएको घटनाप्रति युनियनले दुख व्यक्त गरेको छ ।

त्यस्तै युनियनका महा सचिव अजयबाबु शिवाकोटीद्दारा जारी प्रेस वित्रप्तिमा नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रम र विभिन्न नाममा भएका आन्दोलनका समाचार संकलन, प्रकाशन र प्रसारण तथा आवतजावतमा रहेका सञ्चारकर्मीहरु र सञ्चारमाध्यम राज्यपक्ष र आन्दोलनकारीका तर्फबाट पटक पटक नियोजित आक्रमणमा पर्नुले नेपाल अन्तराष्ट्रिय समुदायमा समेत सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि असुरक्षित देशको रुपमा चित्रित हुँदै गएको उल्लेख गरिएको छ।   नेपाल प्रेस युनियन समाचार संकलन, प्रकाशन र प्रसारण तथा आवतजावतमा रहेका सञ्चारकर्मीहरु र सञ्चारमाध्यमहरुलाई निर्वाध रुपमा आफ्ना कर्तव्य निर्वाह गर्न वाधा व्यवधान नगर्न र डरको मनोविज्ञान सिर्जना नगर्न जोडदार माग गर्दछ। अन्यथा नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यम उपर हुने कुनै पनि घटनाको राष्ट्रिय र अन्तराष्ट्रियकरण समेत गरि कार्वाहीको दायरामा ल्याउन युनियन वाध्य हुने चेतावनी दिईएको छ ।