शनिबार, बैशाख ८, २०८१

पूर्वसभासद सिहंको धम्की आपराधिक मनोवृत्तिको उपज : महासंघ

पत्रकारलाइ जिउँदै जलाएर मार्ने धम्कीको महासंघद्दारा भत्र्सना

 काठमाडौं भाद्र  २९,  नेपाल पत्रकार महासंघले मधेस समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसभासद बबन सिंहले रौतहटको गौरस्थित कोहिनुर एफएममा release 29 bhadraअन्तर्वार्ता दिने क्रममा पत्रकारलाई दिइएको धम्कीप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव उजिर मगर द्दारा आज जारी प्रेस विज्ञप्तिमा महामहासंघ रौतहट शाखालाई उदृत गर्दै भाद्र २८ गते सोमवार गौरको कबिर चोकमा मोर्चा र प्रहरीबीच भएको झडपको समाचार प्रकाशित गरिएको विषयलाई लिएर सिंहले कान्तिपुर दैनिकका शिव पुरी, नागरिक दैनिकका मदन ठाकुर र एभिन्यूज टेलिभिजनका गौतम श्रेष्ठलाई जिउँदै जलाएर मारिने धम्की दिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा पूर्वसभासद सिहंको उक्त अभिव्यक्ति आपत्तिजनकमात्र होइन आपराधिक मनोवृत्तिबाट समेत ग्रसित रहेको भन्दै महासंघले पत्रकारलाई हतोत्साहित र आतंकित बनाउने गरी दिइएको यो धम्कीको कडा शब्दमा भत्र्सना गर्दै पत्रकारमाथि दिनहुँ बढ्दै गएको यस्ता घटना नियन्त्रणमा गम्भीर हुन र सञ्चारकर्मीलाई निर्बाध रुपमा समाचार संकलन, संप्रेषण र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

यसैगरी भाद्र २८ गते बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागी फोटो पत्रकार अशोक महर्जन घाइते हुनुका साथै उहाँको क्यामेराको लेन्स फुटेको छ भने सोही क्रममा प्रहरीले हानेको पानीको फोहोराले एएफपी र थोमसन रोयर्टसका फोटो पत्रकारहरू प्रकाश माथेमा र नभेष चित्रकारको क्यामेरामा क्षति पुगेको र गोरखापत्रका फोटो पत्रकार विकास द्वारे घाइते भएकोमा महासंघ दुःख व्यक्त गर्दछ । महासंघ घाइते पत्रकारहरूको स्वास्थ्यलाभको कामना गर्दै क्षति क्षतिपूर्ति, घाइते पत्रकारको उपचार र सुरक्षाको व्यवस्था मिलाउन सरकार र सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

यसैवीच महासंघले एनआरएनए जापानको हालै भएको निर्वाचनको मतगणनाको समाचार संकलन गर्ने क्रममा त्यहाँ पत्रकारमाथि केही व्यक्तिहरूले गरेको हातपात र दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो पेशागत दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको यो ज्यादतीको घोर निन्दा गरेको छ ।
पत्रकार महासंघ जापान शाखाका अनुसार, भाद्र २७ गते महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल र नेपाल सन्देश डटकमका रविन्द श्रेष्ठलाई उनीहरुले हातपात र दुव्र्यहार गरेको महासंघद्दारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई कारबाहीको पहल गर्न जापानस्थित सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ भनिएको छ ।